आर्थिक गणनाको नुवाकोटमा तयारी पुरा

– गणकहरु कार्यस्थल हिंडे
लोकखवर आर्थिक व्युरो
२०८३ बैशाख १, मंगलवार ०१:३१

बिदुर – नुवाकोटमा आर्थिक गणनाको तयारी पुरा भएको छ । यहि २०८३ साल वैशाख २ गते वुधवारदेखि दुई महिनासम्म नुवाकोटको सम्पुर्ण स्थानीय तहमा गरिने आर्थिक गणनाको आवस्यक सम्पुर्ण तयारी पुरा भएको छ । आर्थिक गणनामा नुवाकोटमा रहेको १२ स्थानीय तहमा पुगेर गणकहरुले १८ प्रकारका व्यवसाय र आर्थिक क्रियाकलापको विस्तृत विवरण संकलन गरिनेछ ।

असार ७ गतेसम्म गरिने आर्थिक गणनाको तयारीस्वरुप नुवाकोटमा अभिमुखिकरण तथा अन्र्तक्रिया पुरा भएको आर्थिक गणना कार्यालय नुवाकोटले जनाएको छ ।आर्थिक गणनाका लागि नुवाकोटमा पांच जना सुपरभाइजर र ३५ जना गणक परिचालन गरिएको नुवाकोटमा गणना अधिकारी तथा तथ्यांक अधिकृत अर्जुन पाण्डेले बताए । उनका अनुसार यस अवधिमा १५ देखि २० हजार औद्योगिक स्थल, व्यवसाय, प्रतिष्ठान तथा व्यवसायिक घरमासमेत गणना गर्ने योजना रहेको छ ।

आर्थिक गणनाको तयारी सकेर गणकहरु सामग्रीसहित विभिन्न स्थानमा प्रस्थान गरिसकेको अधिकृत पाण्डेले वताए । यसअघि राष्ट्रिय आर्थिक गणना सञ्चालन सम्बन्धमा नुवाकोटको बिदुर र खरानीटारमा क्षेत्रियस्तरमा सरोकारवालासँग अन्तक्र्रिया तथा छलफल समेत गरिसकिएको छ । नुवाकोटका १२ वटै स्थानीय तहमा वैशाख २ गतेदेखि एकैपटक राष्ट्रिय आर्थिक गणना सुरु गरिने छ ।

प्रमुख तथ्यांक अधिकृत पाण्डेका अनुसार आर्थिक गणनामा नुवाकोटमा रहेका आर्थिक गतिविधिसँग सम्बन्धित सम्पूर्ण एकाइ—प्रतिष्ठान तथा व्यवसायको विस्तृत विवरण संकलन गरिनेछ । गणनाका क्रममा व्यवसायहरूको ठेगाना, दर्ता तथा स्वामित्व स्थिति, सञ्चालन अवधि, प्रमुख आर्थिक क्रियाकलाप, रोजगारीको अवस्था, व्यवसायको प्रकार, लगानी, ऋणमा पहुँच, बीमालगायतका विषय समेटिने छन् । ढुङ्गा, बालुवा तथा खनिज उत्खनन, लघु तथा ठूला उद्योग, निर्माण, विद्युत् उत्पादन तथा वितरण, खानेपानी तथा सिँचाई, फोहोर व्यवस्थापन, होटल तथा लज, यातायात, सूचना तथा सञ्चार, थोक तथा खुद्रा व्यापार, बैंक तथा वित्तीय संस्था, घरजग्गा कारोबार, शैक्षिक तथा स्वास्थ्य संस्था गरी १८ प्रकारका आर्थिक क्रियाकलाप समेटिने योजना रहेको छ ।

नुवाकोटमा पांच जना सुपरभाइजर र ३५ जना गणक परिचालन भइसकेका छन् । बिदुरमा झण्डै पांचहजार तथा अन्य ११ स्थानीय तहमा एक÷एकहजार गरि न्युनतम १६ हजार वटा स्थलमा पुगेर आर्थिक गणना गरिने कार्यालय प्रमुख पाण्डेको भनाई छ । आर्थिक गणनाको लक्ष्य र योजनालाई टेकेर उद्योग तथा व्यवसायको तथ्यांक संकलन गरिने योजना रहेको छ ।

अर्थतन्त्रको मापनका लागि गरिने आर्थिक गणनाबाट आगामी आब २०८३/०८४ मा लगत प्रशोधन देखि प्रतिवेदन लेखन तथा सार्वजनिक कार्य सम्पन्न हुने लक्ष्य रहेको छ । आर्थिक गणना आवश्यक पर्ने आर्थिक विवरण प्राप्त गर्ने राष्ट्रिय अभियान भएकाले, स्वफूर्त सहभागी हुने अवसर पनि भएको र यो गणना सबै नोपलीको पनि भएको कारण सञ्चालनमा रहेका संघ, संस्था, उद्योग, कलकारखाना, व्यापार–व्यवसायलाई यो गणनामा समाविष्ट भई सहभागिताको लागि उत्प्रेरित गरिएको कार्यालयले जनाएको छ । गणक तथा सुपरिवेक्षकलाई सत्य–तथ्य विवरण उपलब्ध गराउन, स्थलगत तथ्याङ्क सङ्कलनमा सहज वातावरण निर्माणमा हातेमालो गर्न, गणनामा कोहि पनि प्रतिष्ठान/व्यवसाय नछुटेको सुनिश्चिततामा सहयोग गर्न सरोकारवाला पक्षलाई सहयोग जुटाउन जिल्ला आर्थिक गणना समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीको भनाई छ ।

आर्थिक गणनामा व्यवसाय, उद्योग, संस्था र प्रतिष्ठानहरूको तथ्याङ्कीय विवरण आवधिक रुपमा सङ्कलन गरिन्छ । नेपालमा २०७५ सालमा पहिलो पटक राष्ट्रिय तथ्याङ्क कार्यालयले अन्तर्राष्ट्रिय औद्योगिक वर्गीकरणमा उल्लेखित विभिन्न १८ वटा समूहका आर्थिक इकाईहरू एकै पटक समेटिने गरि आर्थिक गणना सम्पन्न भएको थियो ।
आर्थिक गणनाबाट नेपालभर सञ्चालनमा रहेका आर्थिक क्रियाकलाप गर्ने प्रतिष्ठानहरूको आधारभूत विवरण सङ्कलन, प्रशोधन, विश्लेषण र प्रकाशन गर्ने, सरकारले तय गर्ने नीति निर्माण र योजना तर्जुमा गर्न तथा नीति मार्फत लिएका लक्ष्यहरूको मापनमा सहयोग गर्ने, कूल गार्हस्थ उत्पादन तथा राष्ट्रिय लेखाका अन्य अनुमानको सुदृढीकरणका लागि आधारभूत तथ्याङ्क उत्पादन गर्नेलगायत मुल उद्धेश्य रहेको छ ।

यसका साथै यसवाट राष्ट्रिय लेखाका आधार वर्ष परिवर्तन गर्न आवश्यक तथ्याङ्क उत्पादन गर्ने, आर्थिक तथ्याङ्कका लागि गरिने सबै प्रकारका सर्वेक्षणहरूमा आवश्यक पर्ने नमूना छनौट फ्रेम निर्माण गर्ने, तथ्याङ्कीय व्यवसायिक रजिष्टर निर्माणको लागि आधार निर्माण गर्ने र अनौपचारिक अर्थतन्त्रका केहि सूचकहरू तयार गर्ने उद्धेश्यहरु रहेका छन् । आर्थिक गणनामा कुनै निश्चित स्थानमा सञ्चालित मुलतः वस्तु तथा सेवा उत्पादन र बिक्रि गर्ने क्रियाकलाप सञ्चालन गर्ने प्रतिष्ठानहरुको निर्धारित समयावधिभित्रको विवरण सङ्ककलन देखि तथ्याङ्क उत्पादन तथा वितरणसम्मको क्रियाकलाप, आर्थिक गणनामा व्यवसाय, उद्योग, संस्था र प्रतिष्ठानहरूको तथ्याङ्कीय विवरण आवधिक रुपमा सङ्कलन गरिने योजना रहेको छ ।

प्रथम पटक सन् १९५४ मा अमेरिकाले, १९६० मा जापानले, १९७७ मा भारतले र सन् २००४ मा चीनमा आर्थिक गणना सम्पन्न गरेका थिए । आर्थिक गणनामा व्यवसाय, उद्योग, संस्था र प्रतिष्ठानहरूको तथ्याङ्कीय विवरण आवधिक रुपमा सङ्कलन गरिने कार्यालयले जनाएको छ । नेपालमा गत २०७५ सालमा प्रथम पटक राष्ट्रिय तथ्याङ्क कार्यालयले अन्तर्राष्ट्रिय औद्योगिक वर्गीकरणमा उल्लेखित विभिन्न १८ वटा समूहका आर्थिक इकाईहरू एकै पटक समेटिनेगरि आर्थिकगणना सम्पन्न भएको थियो ।

जिल्ला आर्थिक गणना समितिमा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी संयोजक रहने प्रावधान रहेको छ । सदस्यहरुमा जिल्ला समन्वय अधिकारी, जिल्ला समन्वय समितिको कार्यालय, प्रमुख कोष तथा लेखा नियन्त्रक कार्यालय , प्रमुख, जिल्ला प्रहरी कार्यालय, प्रमुख प्रशासकीय अधिकृत, जिल्ला सदरमुकाम स्थित स्थानीय तह, जिल्लास्थित उद्योग, व्यापार, होटल, निर्माण तथा यातायात व्यवसायीलगायतका सङ्घ–संस्थाका प्रतिनिधि (संयोजकले तोकेको बढीमा ५ जना) र जिल्ला आर्थिक गणना अधिकारी, जिल्ला आर्थिक गणना कार्यालय–सदस्य सचिव रहने प्रावधान रहेको छ ।


सर्वाधिक रुचाइएको