छहरे–टोखा सुरुङमार्ग निर्माण सुरु गर्न प्रधानमन्त्रिसंग सांसद डा. लामिछानेको माग
बिदुर – झण्डै डेढ दशकदेखि वहुचर्चित र वहुप्रतिक्षित छहरे–टोखा सुरुङमार्गको निर्माण कार्य सुरु गरिनु पर्ने नुवाकोट–२ बाट निर्वाचित सांसद डा. अचुतम लामिछानेले प्रधानमन्त्रि बालेन्द्र शाहसमक्षम माग गरेका छन् । देशको आर्थिक विकास र परिवर्तनमा उक्त सुरुङमार्ग महत्वपुर्ण रहेका कारण त्यसको तत्काल सुरु गर्नुपर्ने डा. लामिछानेको माग रहेको छ । यससंगै डा. लामिछानेले नुवाकोटसहित आफ्नो निर्वाचन क्षेत्रका समस्या समाधानका लागि प्रधानमन्त्री शाहको ध्यानाकर्षण गराएका हुन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सोमबार वागमति प्रदेशका प्रतिनिधि सभा सदस्यहरुसंग भएको अन्र्तक्रियाका क्रममा सांसद डा. लामिछानेले पूर्वाधार विकाससहित १२ प्रकारका योजनाहरु प्रस्तुत गर्दै यसवाटै देश परिवर्तन हुने बताए । सांसद डा. लामिछानेले नुवाकोटको मात्रै नभई रसुवा र समग्र देशकै परिवर्तनकमा टोखा–छहरे सुरुङ मार्ग महत्वपुर्ण हुने भएकाले यसै वर्षबाट निर्माण सुरु गरिनुपर्ने माग गरे । उनले एक दशकदेखि जीर्ण रहेको नुवाकोटको पर्यटकिय तथा ट्राउट हाइवेको रुपमा परिचित पासाङल्हामु सडकमार्ग अन्र्तगत रानीपौवादेखि पिपलटारसम्मको बाँकी खण्ड तुरुन्त पुर्ननिर्माण तथा मर्मत कार्य सुरु गर्नुपर्नेलगायतका माग राखे ।

सांसद लामिछानेले गाजा खेतीलाई बिना कुनै रोकतोक खुल्ला गर्नुपर्ने माग राखे । उनले प्रधानमन्त्रिसंग भने चाहे त्यो जुनसुकै खालको नीति नियम बनाएर होस् गांजा खेतिलाई जति सक्दो छिटो उत्पादन र आयस्रोतमूलक बनाई अगाडि बढ्नुपर्ने माग राखे । प्रधानमन्त्रि शाहसमक्ष डा. लामिछानेले बिदुर–म्यागङ–किस्पाङ–खनियाबास हुँदै धादिङ जोड्ने सडकको कृषि उत्पादन र बजारीकरणमा प्रमुख भूमिका रहेको हुँदा यसलाई तुरुन्त बजेटको विनियोजन गरी काम सुरु गरिनुपर्ने, तीनपिप्ले–कोल्पुटार सडक तत्कालिन अवस्थामा काठमाडौँ महानगरको मेयर रहंदामै प्रधानमन्त्री बालेन्द्र शाहले गर्नुभएको वाचानुरूप त्यसलाई अविलम्ब सुरु गरिनुपर्ने माग राखे ।

उनले नुवाकोटको देवीघाट जलविद्युत केन्द्र जाने प्रसिद्ध सिँचाई पुल लामो समयदेखि जीर्ण अवस्थामा रहेकोले यसलाई अविलम्ब बजेट विनियोजन गरी ममृत तथा पुर्ननिर्माण गरिनुपर्ने, अवको बजेट देशैभरि आवश्यकता उपलब्धि र जनताले भोग्नुपरेको पिरमर्काको आधारमा समन्वायिक वितरण गरिनुपर्ने माग गरेका छन् । सांसद लामिछानेले नुवाकोटमा वर्षौंदेखि थाँती रहेका पूर्वाधार, स्वास्थ्य, उद्योग, भूमि तथा विपद् व्यवस्थापनसँग सम्बन्धित कार्य सनचालन गर्नसमेत माग गरे । जनताको आवस्यकता अनुसारका सडकखण्डहरुलाई प्राथमिकतामा राखी काम सुरु गर्नुपर्ने वताए ।

उनले शिक्षातर्फ प्राविधिक शिक्षालाई पनि हाल चलिरहेको औपचारिक शिक्षा बराबर समकक्षता प्राप्त गरिनुपर्ने र प्राविधिक शिक्षामा बढी जोड दिनुपर्ने र आइटी फ्रेन्डली हुनुपर्ने, स्वास्थ्यमा भइरहेको औषधिको व्यापारमा बिचौलियाहरूको रजगजलाई नियन्त्रण गर्नुपर्ने, बीमालाई चुस्त बनाउनुपर्ने र सर्वसाधारण जनताहरुले अहिले पनि सरकारी अस्पतालमा अप्रेसनमा भनसुन र बेड पाउन समेत भनसुन गर्नुपर्ने अवस्थाको तुरुन्त समाधान हुनुपर्ने माग राखे । उनले प्रधानमन्त्रिसमक्ष प्रशासनिकतर्फ राहदानी, नागरिकता, राष्ट्रिय परिचय पत्रलाई व्यवस्थित रुपमा सहज र सर्वसुलभ बनाएर वितरण गर्नुपर्ने र हरेक जिल्लामा सवारीचालक अनुमतिपत्र जिल्लामै दिने व्यवस्था मिलाइनुपर्ने पनि माग गरे ।

शिक्षा क्षेत्रमा अहिले थप गरिएको विदालाई प्रभावकारी तरिकाले सहभागितामूलक र प्राविधिक रुपमा विद्यार्थीहरूलाई घरमा बसेर बिदा मनाउने बानी नगरी समग्र अलग/अलग स्थानमा वृक्षारोपण होस् अथवा अन्य सहभागितामूलक क्रियाकलापमा अगाडि बढाउन ध्यान दिइनुपर्ने माग राखे । प्रधानमन्त्रि समक्ष उनले आम नागरिकलाई सुरक्षाको अनुभूति हुने गरी तुरुन्त प्रशासनिक सेवालाई चुस्त दरुस्त बनाएर आम जनतामा विश्वास भर्नुपर्ने र नयाँ बसपार्क जस्ता क्षेत्रमा भइरहेका विभिन्न अवान्छित गतिविधिहरुलाई तुरुन्त रोक्नुपर्ने माग राखे ।

प्रकृति प्रकोपतर्फ वर्षायाम भित्रिएकोले सडक दुर्घटना बाढी पहिरोबाट हुने क्षति र यातायातलाई चुस्तदुरुस्त बनाउन समयमै डिजास्टर म्यानेजमेन्टमा ध्यान दिई तयारी अवस्थामा रहनुपर्ने, कृषितर्फ बर्खायाम नजिक सकिएकोले सम्पूर्ण कृषकहरूले पाउनुपर्ने मल, बिउबिजन सुव्यवस्थित र समयमै पाउने गरी तत्काल तयारी अवस्थामा रहनुपर्ने र सित भण्डारको व्यवस्था गर्नुपर्ने माग अगाडि सारे । विदेशबाट आयात गरिराखिएको कृषिजन्य उत्पादन तरकारीहरूमा कडा निगरानी र गुणस्तरको परिक्षण गर्नुपर्ने र यसवाट नेपालमै उत्पादित तरकारीजन्य विभिन्न वस्तुहरूको बजारीकरणमा र मूल्यमा सहजता हुने उनले वताए ।
सांसद लामिछानेले प्रधानमन्त्रि शाहसंग भने ‘उद्योगतर्फ पुराना जीर्ण उद्योगहरू कति सकिन्छ दुईटा /तीनवटा यसै वर्षबाट सञ्चालन गरिनुपर्ने चाहे त्यो गोरखकाली टायर उद्योग होस्, चाहे त्यो हेटौडा कपडा उद्योग होस्, चाहे त्यो हेटौडा सिमेन्ट उद्योग होस् सम्भाव्यताको आधारमा तुरुन्त सञ्चालन गरिनुपर्ने निजी क्षेत्रलाई दिएर हुन्छ कि राज्यले जिम्मा लिएर हुन्छ ।” उनले साना तथा मझौला उद्योगमा सहज लगानी र दर्ता सञ्चालनमा सहजता हुनुपर्ने र लगानी मैत्री बनाउनुपर्ने, खेलकुद मन्त्रालयलाई अलग गरी यसको मर्मअनुसार चलाइनुपर्ने र नेपालमै खेलकुद विश्वविद्यालयको स्थापना गरिनुपर्ने र डा. लामिछानेले आफै विदेशको आफ्नो अध्ययन पुरा गरेर नेपाल आउनुको एउटा कारण नेपालमै राष्ट्रिय खेलकुद विश्वविद्यालय स्थापना गर्नु नै प्रमुख लक्ष्य हो भनेर जानकारी गराए ।

उनले हेटौडामा रहेको गौरीटार अथवा ललितपुरको सातदोबाटोमा रहेको खेलकुद परिसरलाई राष्ट्रिय खेलकुद विश्वविद्यालयको रुपमा अगाडि बढाउन सकिनेछ भन्ने धाराणा राखे । सांसद लामिछानेले नुवाकोटमा अझै कतिपाय स्थानमा मोवाइलको नेटवर्क राम्रो नटिप्ने भएका कारण सेवाग्राही जनताका लागि सेवाको गुणस्तरियताको वृद्धि गरिनुपर्नेसमेत वताए । उनले दूरसञ्चार पहुँच विस्तारतर्फ ध्यान दिदै सदरमुकाम भन्दा टाढाको स्थानमा मोबाइल नेटवर्क विस्तार गर्नुपर्नेमा जोड दिए ।
उनले खेलकुद विश्वविद्यालयको लागि आवश्यक जग्गा भवनको मापदण्डहरू अन्य कुनै ठाउँमा अथवा गौरीटार र सातदोबाटो परिसरलाई संयुक्त रुपमा जोडेर भएपनि एउटै गर्न सकिनेछ भन्ने पनि जानकारी गराए । उनले सरकारी क्षेत्रवाट अव खेलकुदलाई कालो चस्मा लगाएर आफ्नो व्यक्तिगत प्रचारप्रसार गर्न रङ्गशालामा गएर थपडी बजाउने मात्र होइन कि कालो चस्मा खोलेर खुल्ला आँखाले हेर्नुपर्ने समेत जानकारी गराए । मागहरुका सम्वन्धमा प्रधानमन्त्री बालेन्द्र शाहले सकारात्मक रुपमा लिदै यसमा छुटेका र प्रस्तुत गरेका मागहरुलाई दस्तावेजको रुपमा लिखित गरेर स्वकीय सचिवमार्फत र निजी सचिवालयमार्फत प्रधानमन्त्रीको कार्यालयमा बुझाउन निर्देशनसमेत दिएका छन् ।












































