मौरीपालन पुस्तक विमोचित
बिदुर – मौरीपालक किसानहरुका लागि लक्ष्यित गरि प्रकाशित मौरीपालन सिकाई पुस्तक नुवाकोटको बिदुरमा विमोचन गरिएको छ । विदुरका मौरीपालक किसान यमकुमार खातीक्षेत्रीद्वारा लिखित पुस्तक आधारभूत मौरीपालन सिकाई पुस्तक मंगलवार विमोचित भएको हो । समाज सचेतन केन्द्रको सभाहलमा कार्यक्रमकावीच उक्त पुस्तकको विमोचन गरिएको हो ।

कार्यक्रममा समाज सचेतन केन्द्रका अध्यक्ष हरिबहादुर चित्रकार, प्रमुख अतिथि कृषि विकास कार्यालयका प्रमुख श्रीकृष्ण अधिकारी, बिशेष अतिथिहरु बिदुर नपा ४ का वडाध्यक्ष निलमबाबु ढुङ्गेल, बिदुर ९ का वडाध्यक्ष हरिराम भण्डारी, लेखक श्रीराम श्रेष्ठ, विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष संञ्जिवबहादुर श्रेष्ठ, उपभोक्ता हित संरक्षण मन्चका अध्यक्ष इन्द्रबहादुर पण्डितलगायत सहभागीहरुले संयुक्त रुपमा उक्त पुरस्तकको विमोचन गरेका हुन् । नयाँ वर्ष २०८३ को शुभकामना आदानप्रदान तथा पुस्तक विमोचन गरिएको हो । विमोचित आधारभूत मौरीपालन सिकाई पुस्तकबारे चर्चा परिचर्चा गरिएको थियो ।

पुस्तकले मौरीपालन कर्ममा लाग्ने व्यक्तिहरुका लागि जानकारीमुलक ज्ञान दिने र मौरीपालनका लागि उपयोगी रहेको छ । स्थानीय पाठ्यक्रममा मौरीपालनबारे विषयवस्तु राखेर विद्यालय शिक्षाबाटनै यसलाई प्रवद्र्धन गरिनुपर्नेमा जोड दिइएको छ । मौरीहरूले परागणमार्फत बोटबिरुवाको प्रजननमा महत्वपूर्ण भूमिका खेल्छन्, जसले जैविक विविधता संरक्षणमा मद्दत गर्ने लेखक तथा मैरीपालक किसान यमकुमार खातीक्षेत्रीको भनाई छ ।

उनका अनुसार मौरीको परागणका कारण फलफूल, तरकारी तथा अन्य बालीहरूको उत्पादन र गुणस्तर दुवै बढ्ने र यसले समग्र कृषि उत्पादनमा सकारात्मक प्रभाव पार्ने वताए । कार्यक्रममा अतिथी तथा लेखक श्रीराम श्रेष्ठले आफ्नो कृतिहरुको एक÷एक प्रति पुस्तक सचेतन पुस्तकालयका लागि हस्तान्तरण गरे । श्रेष्ठले एकैपटक ५० वटा किसता सचेतन पुस्तकालयका अध्यक्ष सन्तोष अनाल र समाज सचेतन केन्द्रका अध्यक्ष हरिबहादुर चित्रकारलाई हस्तान्तरण गरेका हुन् ।
















































