कुकुरहरुको वन्ध्याकरण अभियान सन्चालन

– सर्वसाधारणलाई सामाजिक सुरक्षा
लोकखबर
२०८३ बैशाख ४, शुक्रबार ००:१२

बिदुर -सर्वसाधारणको  सुरक्षालाई मध्यनजर गर्दै नुवाकोटको पञ्चकन्यामा कुकुरहरुको वन्ध्याकरण अधियान सन्चालन गरिएको छ । सवै प्रकारका कुकुरहरुलाई नियन्त्रणमा लिएर वन्ध्याकरण गर्ने कार्य सुरु गरिएको हो ।

पन्चकन्या गाउँपालिका पशु विकास शाखाको आयोजनामा गापा भित्रका सम्पुर्ण घरपालुवा, सामुदायिक तथा छाडा कुकुरहरुको बन्ध्याकरण तथा रेविज खोप लगाउने शिविर विहीवारबाट सुरु भएको गापा कार्यालय पन्चकन्याले जनाएको छ । पशु स्वास्थ्य प्राविधिकसहित खटिएका कर्मचारीलगायतले घरपालुवा, सामुदायिक तथा छाडा कुकुरहरु नियन्त्रण गरेर बन्ध्याकरण तथा रेविज खोप लगाउने कार्य धमाधम भइरहेको पन्चकन्या गापा पशु विकास शाखाको भनाई छ ।


सर्वाधिक रुचाइएको