मेलमिलाप सम्वन्धि अभिमुखिकरण

– सरोकारवालाको सहभागिता
लोकखबर
२०८३ बैशाख ५, शनिबार १६:१४

बिदुर – मेलमिलापको नीति उपयुक्त रहेको ठहर गर्दै नुवाकोटको पञ्चकन्यामा मेलमिलाप सम्वन्धि अभिमुखिकरण गरिएको छ । यसवाट सरोकारवालालेृ गाउंका सामानय विवाद समाधानको कार्य गर्ने भएका छन् । पन्चकन्या गापा न्यायिक समितिको आयोजनामा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा पन्चकन्या गापाकी उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक विमला पाठककेसीले गाउको सामान्य विवाद तथा सहजीकरणका कार्यका लागि मेलमिलापको नीति महत्वपुर्ण रहेको वताइन् । कार्यक्रममा पन्चकन्या गापाका प्रमुख प्रशासकीय अधिकृत हिराधन राई तथा वडाध्यक्षहरु, विभिन्न शाखाका प्रमुख तथा कर्मचारीहरू र गाउँपालिकामा रहेका मेलमिलापकर्ताहरूको सहभागितामा मेलमिलाप सम्बन्धि पुनर्ताजगी तालिम सम्पन्न गरिएको हो ।

तालिममा सहजकर्ता अधिवक्ता रमिला हुमागाईले मेलमिलापको अवधकारण, यसको अवस्था र प्रभावकारिताका सम्वन्धमा सहजिकरण गरेकी थिइन् । कार्यक्रममा मेलमिपाप समितिले आपसी रुपमा सहजीकरण गरेर समाधान गर्न सक्ने विषयहरु गाउंमै समाधान र सहजीकरण गरिनुपर्नेमाजोड दिइएको छ । कार्यक्रममा गापाका मेलमिलापकर्ताहरुलाई न्यायिक समितिबाट झोला समेत वितरण गरिएको छ ।

 


सर्वाधिक रुचाइएको