वृद्ध मृत भेटिए

– जंगलमा युवकको शव
लोकखबर
२०८३ बैशाख १२, शनिबार ०१:०९

बिदुर– नुवाकोटको छिमेकी रसुवाको स्योगाउँमा एक वृद्ध मृत भेटिएका छन् । यता, नुवाकोटको जंगलमा एक युवकको शव फेला परेको छ । आमाछोदिङ्मो गाउँपालिका ४, स्योगाउँका ६३ वर्षिय वृद्ध सन्डु तामाङ आफ्नै घरको भान्सा कोठाभित्र मृत भेटिएको प्रहरीले जनाएको छ ।

 

उनको काठको बलोमा झुण्डीएको अवस्थामा फेला परेको वागमति प्रदेश प्रहरी कार्यालयले जनाएको छ । यता, नुवाकोटको बिदुर नगरपालिका–२ देउराली जंगलमा धरमपानीका ३१ वर्षिय सुवास मिजारको शव फेला परेको छ । उनको शव सालको रुखमा झुण्डीएको अवस्थामा फेला परेको हो ।

घटनास्थल मुचुल्कासहित आवश्यक अनुसन्धान कार्य भइरहेको छ । दुवै घटनाको अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।


सर्वाधिक रुचाइएको