अशक्तलाई सहायक सामग्री
– बिदुर नपाद्वारा प्रदान
बिदुर – शारिरिक रुपमा पूर्ण अशक्त एक महिलालाई नुवाकोटको बिदुर नगरपालिकाले सहायक सामग्री उपलव्ध गराएको छ । यसवाट अशक्त महिलालाई सुविधा पुगेको छ । विदुर नगरपालिकाबाट शारिरिक रुपमा अशक्त नगरबासीलाई सहयोग प्रदान गरिदै आएको सहायता कार्यक्रम अन्र्तगत शारिरिक रुपमा पूर्ण अशक्त रहेका विदुर नपा –६ निवासी कान्छी लामिछाने (क्षेत्री) का लागी एक थान कमोड प्यान प्रदान गरिएको हो ।

विदुर नपाका मेयर राजन श्रेष्ठले उक्त सामग्री हस्तान्तरण गरे । उक्त सामग्री कान्छी लामिछाने (क्षेत्री) का परिवारलाई हस्तान्तरण गरिएको हो । शारिरिक रुपमा अशक्त रहेका नगरबासीहरु विशेष गरेर ज्येष्ठ नागरिकलाई पहिलो प्राथमिकतामा राखेर उनीहरुको लागी आवश्यक सहायता सामग्री उपलब्ध गराउदै आइरहेको मेयर राजन श्रेष्ठले जानकारी दिए ।











































