आगो लागी वृद्धाको ज्यान गयो

– त्रिशूली किनारामा अन्तिम संस्कार
लोकखबर
२०८३ बैशाख १४, सोमबार ००:२९

बिदुर – नुवाकोटको तारुकामा आगोले जलेर एक वृद्धाको ज्यान गएको छ । उनको त्रिशूली नदीको किनारामा अन्तिम संस्कार गरिएको छ ।  सदरमुकाम बिदुरदेखि २५ किलोमिटर दक्षिणमा रहेको तारकेश्वर गाउंपालिका ३ शिवालय, तारुकाकी ६२ वर्षिया राममाया श्रेष्ठको आगोले जलेर ज्यान गएको वडाध्यक्ष सुर्यमान श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार बाख्राको खोरमा सुलसुले परेको जनाउंदै घुस्यान वाल्ने क्रममा आगो सल्किएर उनलाई पोलेको थियो ।  आगोले जलेकी वृद्धा राममायाको किर्तिपुरस्थित वर्न अस्पतालमा उपचारका क्रममा निधन भएको वडाध्यक्ष श्रेष्ठले वताए । आगोले जलेर ज्यान गएकी वृद्धाको तारकेश्वर धामस्थित त्रिशूली नदी किनारामा अन्तिम संस्कार गरिएको छ ।


सर्वाधिक रुचाइएको