बरिष्ठ पत्रकार विष्टलाई जनसेवक श्री पदक

मकवानपुर । मकवानपुरका अग्रज पत्रकार प्रताप विष्ट जनसेवक श्री पदकबाट सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघ प्रदेश नंबर ३ का अध्यक्ष विष्ट कान्तिपुर दैनिकमा आबद्घ छन् । विगत तीन दशक देखि मकवानपुरमा पत्रकारितामा सक्रिय विष्ट नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष हुन् । विष्ट यसअघि २०७१ सालमा जन सेवाश्री पाँचौँबाट पनि सम्मानित भएका थिए ।