विरामी खोज्दै गाउंघर क्लिनिक

– सर्वसाधारणले लिए सेवा
लोकखबर
२०८३ जेष्ठ १, शुक्रबार २३:५०

बिदुर – बिरामी खोज्दै नुवाकोटको हर्कपुरमा गाउंघर क्लिनिक सन्चालन गरिएको छ । गाउंघर क्लिनिकमार्फत सन्चालन गरिएको उपचार शिविरमार्फत सर्वसाधारणले सेवा लिएका छन् ।

बिदुर नगरपालिकाको स्वास्थ्य शाखा अन्तर्गत कल्याणपुर स्वास्थ्य चौकीबाट मिति बिदुर नपा १३ हर्कपुरमा गाउघर क्लिनिक सन्चालन गरिएको हो । उक्त गाउघर क्लिनिकबाट ६२ जना महिलासहित ७४ जनाले स्वास्थ्य उपचार सेवा प्राप्त गरेको जनस्वास्थ्य निरीक्षक रामराजा भण्डारीले जानकारी दिए ।


सर्वाधिक रुचाइएको