पृथ्वी संग्रहालय सन्चालनको पहल

– सरोकारवालासहित स्थलगत अवलोकन
लोकखवर विशेष संवाददाता
२०८३ जेष्ठ २, शनिबार ००:४६

बिदुर – नुवाकोटवाटै नेपाल एकिकरणको सुरुवात भएको स्मरण स्वरुप निर्माण गरिएको पृथ्वी संग्रहालय सन्चालनको तयारी गरिएको छ । यसका लागि सरोकारवालासहितको स्थलगत अवलोकन गरिएको छ । प्रसिद्ध साततले दरवारदेखि केहि पर विदुर नगरपालिका–२ मा निर्माण गरिएको पृथ्वी सङ्ग्राहलय निर्माण भएको लामो समयमासमेत सन्चालन हुन सकेको छैन् ।

आधुनिक संरचनाको पृथ्वी संग्रहालय सञ्चालनको लागी बिदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले विशेष पहलकदमी लिएका छन् । यसका लागि उनले आफ्नो विशेष योजनासहित ईतिहास, सँस्कृति तथा पुरातात्विक क्षेत्रका विज्ञहरुसग छलफलसहित सरोकारवालाहरुसंग स्थलगत अवलोकन तथा निरीक्षण गरेका छन् । तीन वर्ष अगाडि नै निर्माण सम्पन्न भएपनि पृथ्वी संग्रहालय सञ्चालन हुन नसक्दा स्थानीयवासी दुःखित भइरहेका छन् ।

सन्चालनका सम्बन्धमा अन्यौल रहेको पृथ्वी सङ्ग्राहलयलाई विदुर नपाको स्वामित्वमा आएसगैँ मेयर श्रेष्ठले सञ्चालनको ‘मोडालिटी’का सम्बन्धमा शुक्रवार तारागाउँ संग्रहालयका निर्देशक रोशन मिश्र, पुरातात्विक सम्पदा संरक्षणको अभियन्ता भरत महर्जन, सँस्कृतिविद् रबी आचार्यसहित स्थानीय सरोकारवालाहरुसंग अन्र्तक्रिया गरेका छन् । पृथ्वी संग्रहालयको स्थलगत अवलोकन एंव निरीक्षण पश्चात सञ्चालनमा ल्याउन आवश्यक तयारी थालिएको मेयर श्रेष्ठले वताए ।

उनका अनुसार तारागाउँ सग्रहालयसंगको सहकार्यमा नवनिर्मित पृथ्वी सङ्ग्राहलयलाई छिट्टै ‘पृथ्वीनारायण शाह र नुवाकोट’ तथा नेपाल–भोट (तिब्बत) युद्ध सम्बन्धिका दस्तावेज एंव ईतिहास जोडिएका सामाग्रि प्रदर्शनीमा समावेश गरेर सञ्चालनमा ल्याउन लागिएको हो । कुल सात रोपनी क्षेत्रफल जग्गामा पाँच करोड २८ लाख रुपैयाको लगानीमा निर्माण सम्पन्न गरिएको उक्त पृथ्वी सङ्ग्रहालय सञ्चालनका विभिन्न चुनौतीहरु रहेको र त्यसलाई समाधान गरिने मेयर श्रेष्ठको भनाई छ ।

बिभिन्न समस्यालाई समाधान गर्दै मेयर श्रेष्ठको सक्रियताले समाधान उन्मुख हुदैँ सञ्चालनको अन्तिम तयारीमा पुगेको स्थानीयवासीको भनाई छ । पृथ्वीनारायण शाहले गत १८०१ सालमा नेपाल एकिकरण अभियान सन्चालन गरेका थिए ।


सर्वाधिक रुचाइएको