होटेल मेनेजमेण्टको सम्झौता
बिदुर – नुवाकोटमै होटेल मेनेजमेन्ट विषय अध्यापनका लागि सम्झौता गरिएको छ । यससंगै विद्यार्थीहरुलाई सुविधा पुगेको छ । नुवाकोटको नुवाकोट आदर्श बहुमुखी क्याम्पसले यसै शैक्षिक सत्रदेखि कक्षा ११ मा ’होटेल मेनेजमेन्ट’ विषयको पठनपाठन सुरु गर्न लागेको हो ।

चालु शैक्षिक सत्रदेखि कक्षा ११ मा ’होटल म्यानेजमेन्ट’ विषयको पठनपाठन सुरु गर्न नुवाकोट आदर्श बहुमुखी क्याम्पस (विदुर–४) र सुप्रिम कलेज अफ होटेल मेनेजमेन्ट एन्ड इन्जिनियरिङ (विदुर–२) बीच सम्झौता सम्पन्न भएको छ । होटेल मेनेजमेन्ट पढेर आफ्नो करियर बनाउन चाहने सम्पूर्ण विद्यार्थीहरूलाई नुवाकोट क्याम्पसमा अध्यापन गरिने भएको छ । नुुवाकोटको होटेल व्यवसाय सम्बन्धित दक्ष जनशक्तिको उत्पादन गर्नको लागि उक्त अध्यापन सुरु गरिएको क्याम्पसका अध्यक्ष श्रीराम श्रेष्ठको भनाई छ ।

उनका अनुसार क्याम्पसमा यसअघिदेखिनै कम्प्युटर साइन्सलगायत बिषय अध्यापन हुँदै आएको छ । परिवर्तित समयसंगै होटेल व्यवसाय सम्बन्धित दक्ष जनशक्तिको उत्पादन गर्नका. लागि नयाँ शैक्षिक कार्यक्रम शुरु गरिएको प्लस टु का संयोजकपक मोहमद जयाले जानकारी दिए । स्नातकोत्तर तहसम्म पठनपाठन हुंदै आएको नुवाकोट क्याम्पसमा एकहजार वढि विद्यार्थी अध्ययनरत रहेका छन् ।














































