सामुदायिक वन महासंघलाई प्रकृति संरक्षण पुरस्कार
पुरस्कारले हौसला मिलेको अध्यक्ष भारती पाठकको भनाई
मकवानपुर । सामुदायिक वन उपभोक्ता महासंघलाई नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले प्रकृति संरक्षण पुरस्कार प्रदान गरेको छ ।
सामुदायिक वनका उपभोक्ताहरुले वन तथा वातावरण संरक्षण गरि बिश्वमा चिनाउन सफल भएको भन्दै सामुदायिक वनको प्रतिनिधिमुलक संस्था सामुदायिक वन उपभोक्ता महासंघलाई नास्टले प्रकृति संरक्षण पुरस्कार प्रदान गरेको हो ।
महासंघकी अध्यक्ष भारती पाठकलाई विज्ञान प्रविधि तथा शिक्षा मन्त्री गिरीराजमणि पोखरेलले मंगलबार ललितपुरमा पुरस्कार प्रदान गरेका हुन्। पुरस्कार ग्रहण गर्दै महासंघकी केन्द्रीय अध्यक्ष पाठकले पुरस्कारले सामुदायिक वनका उपभोक्ताहरुको हौसला बढेको बताइन् ।
मकवानपुर निवासी सामाजिक अभियन्ता पाठकले आफूहरु नेपालमा सामुदायिक वनको आन्दोलनमा निरन्तर होमिएकाले पुरस्कारले खुशी दिएको बताइन् ।












































