जनजागरण अभियानमा नेता इन्द्रबहादुर बानिया :

‘दुई तिहाईको सरकारले रबैया देखायो, प्रतिबाद गरिन्छ’

लोकखबर
३१ भाद्र २०७६, मंगलवार २१:१९

मकवानपुर । नेपाली कांग्रेस प्रदशे ३ का संसदीय दलका नेता एवं कांग्रेस मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले दुई तिहाई सरकारको रबैया रहीरहे प्रतिकार गर्ने चेतावनी दिएका छन् ।

नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्बर १ (ख) को आयोजनामा दोस्रो जनजागरण अभियान अन्तर्गत मंगलबार हेटौंडामा भएको अन्र्तक्रियामा नेता बानियाँले कम्युनिष्ट शासनको नेपाली कांग्रेसले दुईवर्षसम्म पर्ख र हेरको सिद्दान्तलाई अबलम्बन गर्दै सहेर बसेको तर अब यस्तै रवैया रहिरहे सशक्त प्रतिकार र खबरदारी गर्ने बताएका हुन् ।

कांग्रेस जिम्मेवार नबन्ने हो भने लोकतान्त्रिक गणतन्त्र टिकाउन असम्भव हुने उनको भनाई छ ।

कांग्रेस मकवानपुर क्षेत्र १ को (ख) का क्षेत्रीय उपसभापति गणेशहरि उप्रेतीको अध्यक्षतामा भएको अन्तरक्रियामा हेटौंडाका २, ४, ५, ६, ७, ८, ९, १०, १२, १३, १४, १५ का गरी १२ वडाका सभापति तथा प्रतिनिधिले पार्टी नेतृत्वले निर्वाह गर्नुपर्ने भूमिकाका विषयमा धारणा राखेका थिए ।
अन्तरक्रियामा केन्द्रीय प्रतिनिधि ऋषिराम घिमिरे, पार्टीका प्रवक्ता प्रदिप कोइराला, जिल्ला सदस्य राजन खरेल, क्षेत्र नम्बर १ का सभापति दामोदर खनाल, क्षेत्र १ ख का क्षेत्रीय कोषाध्यक्ष रामहरी खरेल, नेपाल दलित संघकी केन्द्रीय सदस्य पवित्रा विश्वकर्मा, हेटौंडा ६ का अध्यक्ष अर्जुनप्रसाद चौलागाईं, नेपाल महिला संघकी सचिव निलम देवकोटा, जिल्ला सदस्य गीताकुमारी न्यौपाने, महिला नेतृ लक्ष्मी थिङ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा नेकपा, राप्रपालगायत विभिन्न पार्टी परित्याग गरि ५६ जना नेपाली कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस मकवानपुरले जनाएको छ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*