हेटौंडा बजारमा ख्रिस्टमसको रौनकता

लोकखबर
८ पुष २०७६, मंगलवार १३:५०

मकवानपुर । मकवानपुरमा ख्रिष्टियन समुदायमा ख्रिस्टमसको रौनकता छाएको छ । मकवानपुरका करिब २५ हजार इसाई धर्माबलम्बीहरु ख्रिष्टमस मनाउने तयारीमा रहेको गिदोन इन्टरनेशनल हेटौंडा क्याम्पका अध्यक्ष गोविन्दप्रसाद न्यौपानेले जानकारी दिए ।
मकवानपुरमा रहेका चार सय वटा भन्दा बढी चर्चमा ख्रिसटमस मनाउने तयारी भएको बताइएको छ । क्रिसमस नजिकिँदै जाँदा हेटौंडा बजारमा किनमेल गर्नेको भीड बढेको छ । ख्रिसमस ट्रि, सान्टा क्लोथ, झिलिमिलि बत्ति लगायतका सामग्री खरिद गर्नेहरुको बजारमा भीड बढेको हो । विभिन्न शैक्षिक संस्था तथा चर्चहरुमा ख्रिस्टमसको पूर्व सन्ध्यामा विभिन्न कार्यक्रमहरु गरिएका छन् । ख्रिस्टमसका अवसरमा हेटौंडामा हेटौंडा ख्रिस्टियन अन्तर मन्डली युवा झन्डले रक्तदान गरेको थियो भने हेटौंडाको चुरियामाईमा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यमा अन्तरक्रिया पनि गरिएको थियो ।

हरेक वर्ष डिसेम्बर २४ को साँझ ‘क्रिसमस इभ’ र डिसेम्बर २५ का दिन क्रिसमस मनाउने गरिन्छ छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*