तीन एरियाका लायन्सकर्मीबीच हेटौंडामा अन्तरकृया,आपसमा अनुभव बाँड्दै अघि बढिने
मकवानपुर । लायन्स क्लव अफ हेटौडा भुटनदेवीको आयोजनामा आज (शनिबार) मकवानपुरको हेटौडामा तीन एरियाका लायन्स क्लव बिच आफूहरुले गरेका कार्य, आइपर्ने समस्या, आगामी दिनमा आपसमा गरिनुपर्ने सहकार्य लगायतका विषयमा अन्तरकृया भएको छ ।
क्लव टिउनिङ एण्ड फिलोसिप कार्यक्रममा एरिया १ बाट लायन्स क्लव अफ युनाईटेड सगरमाथा, एरिया २ बाट लायन्स क्लव अफ हेटौडा भुटनदेबी र एरिया ३ बाट लायन्स क्लव अफ चित्तवन सिटी मर्सी बिच अन्तरकृया गरिएको हो ।
अन्तरकृयामा कार्यक्रम प्रमुख अतिथी सिनियर डिष्ट्रीक कोचिफ एमजेएफ लायन्स राम श्रेष्ठले क्लवका बिच आपसमा आफ्ना अनुभव बाँड्दा एक आपसमा सम्बन्ध विस्तार हुने बताए । ‘यसरी आपसमा छलफलमा जुट्नु भनेको लायन्सको अवधारणामा आधारित भएर कार्य गर्नु भएकाले यस्ता कार्यक्रमको महत्व छ । ’ उनले भने ।
कार्यक्रमका विशिष्ट अतिथी नेपाल उद्योग वाणीज्य महासंघका केन्द्रिय सदस्य एवं लायन्स अरुणराज सुमार्गीले तीन एरियाका लायन्सकर्मीहरुको संयुक्त छलफलले नयाँ आयम थपिने विश्वास व्यक्त गरे । तीन एरियाका बिचमा आपसमा सद्भाव, सदाचार तथा मित्रतामा यस्ता जमघट अनि आपसमा अनुभव बाँड्नुको ठूलो महत्व रहने सुमार्गीले बताए । उनले आगामी दिनमा लायन्सकर्मी बिच समन्वय गरी अघि बढ्नका लागि यस्ता अन्तरकृया फलदायी हुने धारणा राखे । सामाजिक कार्यमा प्रतिष्प्रर्धा नहुने हुँदा सबै मिलेर सामाजिक कार्य गर्नका लागि उनको सुझाव छ ।
अन्तरकृयामा सिनियर डिष्ट्रिक एडभाईजर लायन्स करुणा महत्त,एरिया २ का रिजन थर्टीन रिजन चियरपर्सन लायन्स अंकिता सुमार्गी,एरिया २ का एरिया कोचिफ लायन्स टासीडोल्मा तुम्बाहांफे,एलसीआईएफ डिष्ट्रिक कोअडिनेटर तथा लायन्स क्लव अफ काठमाण्डौ युनाईटेड सगरमाथाका संस्थापक अध्यक्ष लायन्स विकेश ठकुरी,चित्तवन सिटि मर्सीका अध्यक्ष लायन्स उमा तिमल्सीना सुवेदी लगायतले तीन एरियाका लायन्स क्लव बिचको यस्ता अन्तरकृयाले आपसमा आफ्ना अनुभव, अनुभूति साटासाट गर्न महत्वपूर्ण भुमिका निर्वाह गरेकोमा खुसी ब्यक्त गरेका थिए ।
अन्तरकृयामार्फत क्लवहरुले गरिरहेका कार्यबारे आपसमा जानकारी हुनाका साथै आगामी दिनमा अबलम्बन गर्नुपर्ने कार्यका विषयमा जानकारी गराइएको कार्यक्रम संयोजक लायन्स गौरी चिमोरीयाले बताइन् ।
लायन्स क्लव अफ हेटौडा भुटनदेवीकी अध्यक्ष लायन्स सीता महर्जनको अध्यक्षतामा अन्तरकृया गरिएको हो ।