हेटौंडा जेसीजमा बानिया, लेडी जेसीजमा पौडेल

लोकखबर
२० पुष २०७६, आईतवार ०७:३७

मकवानपुर । हेटौडा जेसीज बर्ष २०२० को लागि अध्यक्षमा राजदेव बानिया निर्वाचित भएका छन् ।

हिजो शनिबार बेलुका सम्पन्न निर्वाचनबाट अध्यक्षका अर्का प्रत्यासी दिपेश जोशीलाई २८ मतान्तरमा पराजित गर्दै बानिया अध्यक्षमा निर्वाचित भएका हुन् । बानियाले ८५ मत प्राप्त गरे भने जोशीले ५७ मत पाए ।

अध्यक्षमा निर्वाचित भएका बानियाले यूवाहरुको क्षमता अभिवृद्दि गराउँने कार्यमा आफू लाग्ने बताएका छन् । उनलाई जेसीजलाई युवामैत्री रुपमा विकास गर्नका लागि आफ्नो कार्यकालमा लागिपर्ने प्रतिबद्दता पनि जनाए। आफूूले गरेको प्रतिबद्दता बमोजिम आगामी दिनमा योजना बनाएर लागिपर्ने अध्यक्ष बानियाको भनाई छ ।

उपाध्यक्ष पदमा सन्जीव तिमल्सिना सुदीपले १ सय ३८, विकेशलाल श्रेष्ठले १ सय २४, विवेक आनन्द न्यौपानेले १ सय १२ र प्रलय राईले १ सय १० मत प्राप्त गरी विजयी भए । चार उपाध्यक्ष पदमा भएको निर्वाचनमा ५ जनाको उम्मेदवारी परेको थियो । कार्यकारिणी उपाध्यक्षमा श्रवणकुमार बर्तौला ७५ मत र पवन कुमार कशांकार ७० मत प्राप्त गरी विजयी भए । दुई कार्यकारीणी उपाध्यक्ष पदका लागि पाँच जनाको उम्मेदवारी परेको थियो । हेटौंडा जेसीजमा १ सय ५३ जना सदस्य छन् ।

यस्तै, शनिबारै हेटौंडा लेडीज जेसिजको पनि नयाँ नेतृत्व चयन गरिएको छ । सुशीला पौडेलको अध्यक्षतामा सम्पूर्ण पदाधिकारी सर्वसम्मत चयन गरिएको छ । कार्यकारिणी उपाध्यक्षमा श्रृष्टी गोर्खाली र अन्जना श्रेष्ठ,उपाध्यक्षमा गंगा श्रेष्ठ, कविता पौडेल, दुर्गा विष्ट ठकुरी, लिलु पुलामी मगर सर्व सहमत चयन भएका छन् । अध्यक्षमा चुनिएपछि पौडेलले जेसीजलाई उत्कृष्ट शाखा बनाउँने बताइन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*