भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले फेशबुकबाटै दिए यस्तो बधाई

मकवानपुर ।मकवानपुरको भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले हेटौंडालाई प्रदेश कायम गराएको तथा सर्वसम्मत रुपमा बागमती नामकरण गरेकोमा सम्बन्धित सबैलाई बधाई व्यक्त गरेका छन् ।
सामाजिक संजाल फेशबुकबाट उनले प्रदेशबासी, बागमती प्रदेशसभा, हेटौंडाबासीलाई बधाई भनेका छन् । उनले लेखेका छन्, ‘सम्पूर्ण बाग्मती प्रदेशबासीमा हार्दिक बधाई । संघियता कार्यन्वयनको लागि आज ऐतिहासिक निर्णय गर्न सफल बाग्मती प्रदेशसभालाई बधाई । प्रदेश राजधानी हेटौडा कायम भएकोमा सम्पूर्ण हेटौडाबासीलाई हार्दिक बधाई । ’
विभिन्न स्थानीय तहका जनप्रतिनिधीले प्रदेशको राजधानी हेटौंडा कायम भएको तथा बागमती नामकरण गरेकोमा खुशी व्यक्त गर्दै बधाई दिएका छन् । राजधानी कायम भएको खुशीयालीमा सार्वजनिक बिदा माग गरिएपनि यो खुशीको क्षणमा केही सामाजिक कार्य गरेर खुशीयाली मनाउँनुपर्ने जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको भनाई छ ।