राष्ट्रपति विद्यादेवी भण्डारी हेटौंडा आउँदै

लोकखबर
५ माघ २०७६, आईतवार ०७:२९

मकवानपुर । मकवानपुरको हेटौंडामा यही माघ १४ गते राष्ट्रपति विद्यादेवी भण्डारी आउँने भएकी छिन् ।

हेटौंडा ११, शहिद स्मारकमा निर्मित प्रजातान्त्रिक पार्क उद्घाटनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी आउने तयारी गरिएको हो ।

राष्ट्रपति भण्डारीले प्रजातान्त्रिक पार्कमा निर्मित नेपाली कांग्रेसका संस्थापक नेता तथा पहिलो जननिवार्चित प्रधानमन्त्री वीपी कोइराला, लौहपुरूष गणेशमान सिंह,नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ र पहिलो जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको शालिक अनावरण गर्ने कार्यक्रम छ ।

राष्ट्रपति भण्डारी स्मारक विकास समितिको रजत जयन्ती तथा सहिद दिवसको सन्दर्भ पारेर हेटौंडा आउँने तय भएको हो । बागमती प्रदेशको राजधानी हेटौंडामा यही माघ १० गतेदेखि १६ गतेसम्म सहिद सप्ताह भव्य रुपमा मनाउँने तयारी गरिएको छ ।

स्मारक विकास समितिका अध्यक्ष समेत रहेका प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सहिद दिवस र नेपाल भ्रमण वर्ष २०२० लाई संगसंगै जोडेर लैजाने बताएका छन् । सहिद दिवसलाई भव्यताका साथै प्रभावकारी रुपमा मनाउँनका लागि आग्रह गरेका छन् ।

सप्ताहव्यापी रुपमा सहिद दिवस मनाउँनका लागि प्रदेश सरकार, जिल्ला समन्वय समिति मकवानपुर र हेटौंडा उपमहानगरपालिकाका बीच समन्वय गरिएको जनाइएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*