बजार

वेस्टफरमा युरोपियन ब्रान्डका सामग्री

लोकखबर
७ माघ २०७६, मंगलवार १७:१३

मकवानपुर । हेटौंडामा संचालनमा आएको बेस्ट फरमा युरोपियन ब्रान्डका सामग्रीहरु पाइन्छ ।

बालबालिका,महिला तथा पुरुषका फेन्सी आइटमहरु, घरायसी सजावट, अफिसियल, सिजनल स्टेशनरी लगायत कस्मेटिक सामग्रीहरु आफूले बिक्री गर्ने बेस्ट फरका संचालक नतासा कानोडिया अग्रवालले जानकारी दिए ।

बेस्ट फरमा ग्रीस, इटाली, लेबनान, साइप्रस लगायत देशका सामाग्री पाइने अर्का संचालक आशीष अग्रवालले बताए । पसल संचालनका लागि ५० लाख लागत लागेको संचालकले बताएका छन् । काठमाडौं लगायत देशका मुख्य मुख्य शहरमा ब्रान्च पनि संचालनमा आउँने संचालकको भनाई छ ।

पसल हेटौंडा ४ को भुटनदेवी मावि अगाडी स्कूलरोडमा रहेको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*