‘विकासका लागि नागरिक समाज र संचारमाध्यम संगसंगै’

लोकखबर
९ माघ २०७६, बिहीबार २०:३८

मकवानपुर । विकास तथा नागरिक अधिकार रक्षाका नागरिक समाज र संचारमाध्यम आपसमा समन्वय गरी अघि बढेमा प्रभावकारी हुने बताइएको छ ।

इन्सेक मकवानपुरले आज मकवानपुरको हेटौंडामा आयोजना गरेको ‘‘विकासका लागि नागरिक समाज तथा सन्चार जगतबिच अन्तरकृया’’ मा यस्तो बताइएको हो ।

अन्तरकृयामा गैरसरकारी संस्था महासङघ मकवानपुरका उपाध्यक्ष रमिला सापकोटाले मानव अधिकारकारवादी र सन्चार माध्यम समन्वय गर्दै लागिपरे नागरिक अधिकार रक्षाका लागि सघाउ पुग्ने बताइन ।

सामुदायिक वन उपभोक्ता महासङघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाईंले सञ्चारमाध्यमले नागरिक समाजलाई सहयोग गरिरहेको बताए । “ विकृति विसङगती विरुद्ध मिडियाले खबरदारी गरिरहेका छन् । तर पनि समाजमा अपराध भइरहेका छन्, मिडियाले बाहिर ल्याइरहेको छ । तर पनि कारवाही हुन सकिरहेको छैन । “ अध्यक्ष चौलागाईंले भने“( यस्ता विषयमा पत्रकारिता मार्फत उठाइएको आवाज राज्यले सुन्नुपर्छ । “सम्पादक सुरेश श्रेष्ठले जिल्लामा मानव अधिकारबारे बहस भइरहँदा नागरिक समाज को हो भन्ने देखिनुपर्ने बताए । ‘‘स्थानीय तहसंग रकम लिएर कार्यक्रम गर्ने गैरसरकारी संस्था कसरी मानव अधिकारवादी हुन सक्छन् ?’’ सम्पादक श्रेष्ठले प्रश्न गरे ।
यस्तै, पत्रकारहरु दीपेन्द्र रोक्का, केशव समर्पण, सृजना नेपालले समाजमा अपराध बढिरहेकाले नागरिक समाजको भू्मिका आवश्यक हुने बताए । अहिले मानवअधिकार हननका घटना भइरहँदा नागरिक समाजका तर्फबाट प्रेस विज्ञप्ति पनि जारी नभएकाले मानवअधिकारवादीहरु कहाँ छन् भन्ने चासो भएको बताए ।

बालधिकारकर्मी सम्झना अधिकारीले मानव अधिकार तथा सन्चारसंग आपसमा समन्वय गरेर अघि बढिरहेकाले समाजमा सकारात्मक प्रभाव परिरहेको बताइन् । उनका अनुसार मकवानपुरमा बालअधिकारका सवालमा मिडिया आफूहरुको अभियानमा संगै रहेकाले सरकारले अघि सारेको अभियानमा सजिलो भइरहेको बताइन् । बागमती प्रदेश सरकारले आगामी २०७८ सालभित्र भित्र बालविवाहमुक्त प्रदेश र वि.सं.२०८० सालभित्र बालमैत्री प्रदेश बनाउँन अघि सारेको योजना सफल बनाउँन मिडियाको साथ आवश्यक रहेको बताइन् ।
इन्सेक बागती प्रदेशका कार्यक्रम संयोजक गणेश भण्डारीले इन्सेकको रणनीति अनुसार आफूहरू सफल भइरहेको दाबी गरे । नागरिक समाज तथा संचारमाध्यम संग सहकार्य गरिरहेको बताउदै उनले नागरिक समाजले आफूले देखेको कुरा सञ्चार माध्यमसम्म ल्याउनुपर्ने बताए । सञ्चारमाध्यमले नागरिक समाजलाई विश्वसनीय सूचना दिदै समाज सुधारका काममा नागरिक समाजसंगै सहकार्य गरी अघि बढ्नुपर्ने बताए ।कार्यक्रममा इन्सेक बागमती प्रदेश कार्यालयको प्रलेख अधिकृत सरिता दाहाल, मकवानपुर प्रतिनिधी पुष्पराज अधिकारीले इन्सेकको परियोजनाबारे जानकारी दिए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*