प्रदेश राजधानीमा सुरु भयो सप्ताहव्यापी सहिद दिवस कार्यक्रम

मकवानपुर । बाग्मती प्रदेशको राजधानी हेटौंडामा आज(शुक्रबार) बाट सहिद सप्ताह सुरु भएको छ ।
हेटौंडाको बुद्धचोकबाट सहिद स्मारकसम्म पदयात्रा गरी साता व्यापी कार्यक्रम सुभारम्भ गरिएको हो । पदयात्रामा मुख्यमन्त्री पौडेलसहित जनप्रतिनिधिको पनि सहभागिता रहेको थियो । पदयात्रामा नेपाल प्रहरी, शसस्त्र प्रहरी, मदन भण्डार स्पोर्टस् क्लब र सर्वसाधारणको सहभागिता रहेको थियो ।
सहिद दिवसको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज मकवानपुरगढीको २५७ औ बिजयोत्सवका अवसरमा विशेष कार्यक्रम हुदैछ । सहिद दिवसका अवसरमा माघ १६ गतेसम्म विभिन्न कार्यक्रहरु हुनेछन् ।
सप्ताहव्यापी कार्यक्रम अन्तर्गत भोलि माघ ११ गते सहिद स्मारकमा रक्तदान र कलेजस्तरिय वक्तृत्वकला प्रतियोगिता, माघ १२ गते जिल्लका विभिन्न जातजातीको मौलिकता झल्कने विविध सांस्कृतिक कार्यक्रम, माघ १३ र १४ गते नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानद्धारा कला सृजना कार्यशाला आयोजना गर्ने तयारी छ ।
यस्तै, माघ १४ गते राष्ट्रपति विद्यादेवी भण्डारीले सहिद स्मारकमा निर्मित प्रजातान्त्रिक पार्कको उद्घाटन गर्ने कार्यक्रम छ । माघ १५ गते साहित्यिक गजल वाचन र माघ १६ गते मूल समारोह समितिद्धारा प्रभातफेरी तथा श्रद्धान्जली कार्यक्रम गरी सहिद सप्ताहको कार्यक्रम समापन गर्ने आयोजकले जनाएको छ ।
सहिद सप्ताहसंगसंगै नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउँन आयोजकले मकवानपुरबासीलाई आग्रह गरेको छ ।