सहिद स्मारकमा प्रजातान्त्रिक पार्क उद्घाटन

लोकखबर
१४ माघ २०७६, मंगलवार १३:४९

मकवानपुर । मकवानपुरको हेटौंडामा रहेको सहिद स्मारकमा निर्मित प्रजातान्त्रिक पार्कको उद्घाटन गरिएको छ ।
पार्कमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ, नेपाली काँग्रेसका संस्थापक नेता तथा पहिलो जन निर्वाचित प्रधानमन्त्री बिपी कोइराला, लौहपुरुष गणेशमान सिंह र पहिलो जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको प्रतिमा रास्ट्रपति विद्यादेवी भन्डारीले अनावरण गरेकी हुन् ।
प्रजातान्त्रिक पार्क निर्माणका लागि सहिद स्मारक विकास समितिले करिब डेढ करोड रुपैयाँ लाग्त लागेको स्मारक विकास समितिले जनाएको छ ।

रास्ट्रपतिले स्मारकमा रजत जयन्ती स्तम्भ, मदन भन्डारीको शालिकमा माल्यर्पण गरेकी छन् ।
सहिद स्मारकमा विशेष समारोहका बिच सहित सप्ताह अन्तर्गत प्रजातान्त्रिक पार्क उद्घाटन गरिएको हो ।
विशेष समारोहमा बागमती प्रदेशका प्रमुख विष्णु प्रसाईं, सभामुख सानुकुमार श्रेष्ठ, बागमती प्रदेशको प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानिया, प्रदेशका मन्त्री लगायतको आतिथ्यता रहेको थियोे ।
बागमती प्रदेशका मुख्यमन्त्री तथा स्मारक विकास समितिका अध्यक्ष डोरमणी पौडेलको अध्यक्षतामा समारोह आयोजना भएको हो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*