स्थानीय अखबार:

सगरमाथा आरोहणको लक्ष्यमा मकवानपुरे, जीएसका विद्यार्थीले बनाए साइन्स सिटी

लोकखबर
२० माघ २०७६, सोमबार ०९:१६

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडाबाट आज (सोमबार) प्रकाशित स्थानीय खबरमा विभिन्न विषयले स्थान पाएका छन् ।

हेटौंडा सन्देश दैनिकले ‘सगरमाथा आरोहणको लक्ष्यमा मकवानपुरे’ शीर्षकको मुख्य खबर छापेको छ । मानवी बानियाले लेखेको खबरमा मकवानपुरका सम्भवत : पहिला एक युवाले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने उद्घोष गरेको उल्लेख छ । समाचारमा अगाडी लेखिएको छ – सर्वोच्च शिखर सगरमाथा आरोहणको बढ्दो आकर्षण र विभिन्न किर्तिमानी कायम गर्ने प्रतिष्पर्धा चलिरहेका बेला ती युवाको जोश बढेको हो । आरोहण इतिहासको नयाँ किर्तिमानसंगै ८ हजारको संख्यामा आरोही सगरमाथाको चुचुरो चुम्न सफल भइसकेका छन् । नेपाल रेडर्क कायम गर्दै यस वर्ष एक सय ५० जनाले सगरमाथा आरोहण गर्ने भएका छन् । जसमा मकवानपुरका राजकुमार चेपाङ पनि छन् । कैलाश गाउँपालिका ७, डुम्रेका ३१ वर्षिय रामकुमार चेपाङ आफ्नो समुदायको पहिलो सगरमाथा आरोही बन्ने प्रयासमा छन् । चेपाङ आफ्नो समुदायको मात्र नभएर मकवानपुरकै पहिलो समगरमाथा आरोही बन्ने प्रयासमा रहेका हुन् । पाँच वर्षदेखि नेपालको पर्वतीय पर्यटनको क्षेत्रमा काम गर्दै आएका चेपाङले जातीय पहिचानका लागि समगरमाथा आरोहण गर्ने लक्ष्य लिएको बताए । यसअघि मनास्लु, धौलागिरी, आमादब्लम, नेरला, साइपाल, लाक्र्यु, गणेश, कुम्भकर्ण जस्ता हिमाल आरोहण गरेका उनले हिमालयन गाइड्स नेपाल टेक्स एण्ड एक्सपेडिसन प्रालिमार्फत सगरमाथा आरोहणमा सहभागी हुन लागेका छन् ।
यस्तै, नेपाली कांग्रेस मकवानपुरका सल्लाहकार मकवानपुरे युवा नेता प्रभातकुमार दाहाल नेपाल विद्यार्थी संघको महामन्त्रीमा नियुक्त भएको खबर पनि हेटौंडा सन्देशमा छ । ‘महामन्त्री बने मकवानपुरे युवा नेता’ शीर्षकको खबरमा सन्देश लेख्छ- नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ केन्द्रिय समितिको महामन्त्रीमा युवा नेता दाहाल नियुक्त भएका हुन् । नेपाली कांग्रेस केन्द्रिय समितिले उनलाई महामन्त्रीमा नियुक्त गर्ने निर्णय गरेको छ । लामो समयदेखि राजनीतिमा सक्रिय नेता दाहाल मकवानपुरबाट कांग्रेस महासमिति सदस्य समेत रहेका छन् ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४, मयुरधापका उदय रिमालले व्यवसायिक बाख्रा पालनबाट वार्षिक रुपमा पाँच लाख आम्दानी गर्न थालेको, मकवानपुरमा कुष्ट रोगीले औषधी सेवनपछि नयाँ जीवन पाइरहेको, मकवानपुरका दश वटा स्थानीय तहले हिउँदे अधिवेशन नगरेको लगायतका खबर सोमबार(आज) प्रकाशित हेटौंडा सन्देशमा छ ।

सोमबार(आज) हेटौंडाबाट प्रकाशित अर्को दैनिक समृद्द समाजले नेपाली कांग्रेसका प्रमुख सचेतक एवं सहकारी विभाग प्रमुख बालकृष्ण खाँडको अभिव्यक्तिलाई मुख्य खबर बनाएको छ । ‘सहकारीमा आबद्द नभएकाले टिकट नपाउँने’ शीर्षकमा लेखिएको खबरमा अगाडी लेखिएको छ – आइतबार हेटौंडामा आयोजितक एक कार्यक्रमलाई सम्बोधन गर्दैै उनले सहकारीहरुले कृषि, दुग्ध तथा शिक्षा क्षेत्रमा योगदान गरिरहेको भन्दै अब शिक्षामा योगदान गर्न आग्रह गरे । उनले अब नेपाली कांग्रेसले सहकारी अभियानमा आबद्द नहुने कुनै पनि व्यक्तिलाई चुनावको टिकट दिन पनि नहुने बताए । उनी दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्थाको २२ औं स्थापना दिवस तथा सहकारीद्वारा संचालित रेडियो मकवानपुरको दशौं वार्षिकोत्सव समारोहमा बोल्दै थिए ।

यस्तै, समृद्दमै ‘जीएसका विद्यार्थीले बनाए साइन्स सिटी’ शीर्षकको खबर छ । हेटौंडा ५, भैरवरोडस्थित जीएस निकेतन माविमा कक्षा ९ मा पढ्ने विद्यार्थीको एक समूहले करिब ९ महिनाको मिहनेतपछि ‘साइन्स सिटी’ निर्माण गरेका छन् । आधुनिक शहरलाई विज्ञान र प्रविधिको सहयोगमा सतर्क, सुरिक्षत र व्यवस्थित बनाउँन सकिने परिकल्पना विद्यार्थीले प्रस्तुत गरेका छन् । विद्यालयको १९ औं अभिभावक भेलाका अवसरमा विद्यार्थीले साइन्स सिटीको नमूना प्रस्तुत गरेका छन् । कृष्ण यादव, निशान्त पाण्डे, मनिष महतो, साहिल जैसवाल, प्रिन्स ठाकुर र आश्विन सापकोटाको समूहले तयार पारेको साइन्स सिटीमा भूकम्पको पूर्वसंकेत दिने प्रणाली समेत जडान गरिएको छ । सहरको कुनै स्थानमा आगलागी भए साइरन बज्ने प्रणाली जडान गरेका विद्यार्थीले साँझ अध्यारो हुँदै जाँदा सडकबत्ति आफैं बल्ने प्रणाली निर्माण गरेको छ । दोबाटो, चौबाटोमा विपरित दिशा या दाँया–बाँयाबाट सवारी साधन आएको अवस्थामा स्वचालित रुपमा विपरित दिशातर्फ रातो बत्ति बलेर सवारी साधन आउँदै गरेको जनाउ दिने व्यवस्था समेत गरेका छन् ।

यस्तै, बागमती प्रदेशको उद्योग , पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा दौड प्रतियोगिता ‘हेटौंडा रन’ हुने, एफसी विजय युथले आयोजना गरेको फुटसल प्रतियोगितामा २० टिमको सहभागिता रहेको, मकवानपुर क्रिकेट एकेडेमीको आयोजनामा रिभरसाइड क्रिकेट फेस्टिभल यही माघ २५ गतेबाट हुने लगायतका खबर समृद् समाज दैनिकमा छापिएका छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*