नेपाली क्रिकेट टिम कोरोनाको जोखिम मोलेरै प्रतियोगिता खेल्न थाइल्याण्ड जाँदै

लोकखबर
२०७६ फाल्गुन १५, बिहीबार १२:०८

मकवानपुर । नेपाली टिम कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणको जोखिम मोलेरै क्रिकेट खेल्न बिहीबार थाइल्याण्ड जाँदैछ ।

आउँदो शनिबारदेखि सुरु हुने एसीसी पूर्वी क्षेत्रीय टी–२० क्रिकट प्रतियोगिता खेल्न नेपाली टोली थाइल्याण्ड जाने भएको छ । प्रतियोगितामा चीन, भुटान र म्यानमारले प्रतियोगितामा सहभागिता नजनाउने निर्णय गरे पनि नेपाल भने कोरोनाको जोखिम मोलेरै थाइल्याण्ड जान लागेको हो ।

थाइल्याण्डमा बुधबारसम्म ४० जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएकोमा २२ जना निको भएको र हिजो थप ३ जनामा कोरोनाको सङ्क्रमण देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यस्तैमा नेपाली टिमलाई कोरोनाबाट बच्न सावधानी अपनाउन नेपाल क्रिकेट सङ्घ ९क्यान० ले बताएको छ । बिदाइ कार्यक्रममा क्यानका महासचिव अशोकनाथ प्याकुरेलले थाइल्याण्डमा प्रतियोगिता खेल्दा खेलाडीलाई होटेल र मैदानबाहेक अन्य ठाँउमा नजान सुझाव दिनुभएको छ ।

शनिबारदेखि आउँदो मार्च ६ सम्म हुने प्रतियोगितामा सहभागी हुन १४ जना खेलाडी, अफिसियल, फिजियोसहित १८ जना बिहीबार दिउँसो ३ बजे थाइल्याण्ड जाने नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ ।

नेपालले पहिलो खेलमा शनिबार मलेसियासँग खेल्नेछ । नेपालसहित आयोजक थाइल्याण्ड, मलेसिया, सिङ्गापुर र हङकङ सहभागी प्रतियोगितामा नेपालले मार्च १ मा हङकङ, मार्च ४ मा थाइल्याण्ड र मार्च ६ मा सिङ्गापुरसँग खेल्नेछ ।

प्रतियोगितामा शीर्ष दुई टोली एसिया कपका लागि छनोट हुनेछन् ।उज्यालो डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको