मगर संघ स्थापना दिवसमा रक्तदान

मकवानपुर । ३८ औं मगर संघ स्थापना दिवसका अवसरमा हेटौंडामा रक्तदान गरिएको छ ।
नेपाल मगर युवा संघ, नेपाल मगर महिला संघ, नेपाल सांस्कृतिक संघ मकवानपुरको संयुक्त आयोजनामा रक्तदान गरिएको हो ।
नेपाल मगर युवा संघ जिल्ला कार्य समिति, मकवानपुरका अध्यक्ष उपेन्द्र राना मगरले रक्तदान गरी सुरु भएको कार्यक्रममा ५१ जनाले रक्तदान गरेका छन् ।
कार्यक्रममा नेपाल मगर संघका केन्द्रिय सदस्य अशोक सारु मगर, नेपाल मगर महिला संघ जिल्ला कार्य समिति मकवानपुरका अध्यक्ष डेमिज थापा मगर, नेपाल मगर सांस्कृतिक संघका मकवानपुर जिल्ला अध्यक्ष होमबहादुर राना मगर लगायतकाको आतिथ्यता रहेको थियो ।