पूर्वमन्त्री बाँस्कोटा अदालतमा स् गाली बेइज्जती गरेको भन्दै मिश्रविरुद्ध मुद्दा दायर
मकवानपुर । पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विजयप्रकाश मिश्रविरुद्ध काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दर्ता गर्नुभएको छ ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसन मागेको आरोप लागेपछि मन्त्री पदबाट राजीनामा दिनुभएका बाँस्कोटाले आफूमाथि झूटो लान्छना लगाएको र गालीबेइज्जती गरेको भन्दै मुद्दा दर्ता गर्नुभएको हो ।
सामाजिक सञ्जालमार्फत बाँस्कोटाले आफ्ना प्रतिनिधिमार्फत जिल्ला अदालत काठमाण्डौमा न्याय माग्दै मुद्दा दायर गरेको जानकारी गराउनुभएको छ ।
यसअघि हिजो काठमाण्डौमा भएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले बाँस्कोटाको बचाउ गर्नुभएको थियो । बाँस्कोटाले सार्वजनिक भएको टेप रेकर्ड आफ्नो नभएको नबताएपनि प्रधानमन्त्री ओलीले भने फोन रेकर्ड बनावटी भएको भन्दै बचाउ गर्दै आउनुभएको छ ।उज्यालो अनलाईन डटकमबाट