६ लाख ४० हजारको धनमाल चोरी
मकवानपुर । काठमाडौं महानगरपालिका-६ कपन तेन्जिङ चोकस्थित डेरा गरी बस्ने दुईवटा कोठमा सोमबार दिउँसो चोरी भएको छ। उदयपुर काफ्ले गाउँपालिका-५ घर भएका दीपक राउत र सोलुखुम्बु पासाङल्हामु गाउँपालिका-३ घर भएका दमाई छिरिङ शेर्पाको कोठामा ४ लाख ९० हजार रूपैयाँ बराबरको नगद तथा सुनका विभिन्न गहना चोरी भएको हो।
काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१० कपन पञ्चकुमारी मन्दिरस्थित डेरा गरी बस्ने सर्लाही घर भएकी अन्जना लुइँटेलको कोठामा पनि चोरी भएको छ। चोरले नगद तथा सुनका विभिन्न गहनासमेत गरी करिब १ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल सोमबार दिउँसो चोरी गरेको प्रहरीले जनाएको छ। चोरीमा संलग्नहरूलाई खोजी कार्य थालेको प्रहरीले जनाएको छ।नेपालन्युज डटकमबाट