प्रधानमन्त्री ओली दश दिन अस्पताल रहनुपर्ने
मकवानपुर । बुधबार (हिजो) दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको छ ।
मृगौला प्रत्यारोपणपछि उपचारमा संलग्न चिकित्सकले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिएका हुन् ।
ओलीलाई भान्जी नाता पर्ने समीक्षा संग्रौलाले मिर्गौदा दान गरेकी हुन् । चार घण्टा ४५ मिनेटको शल्यक्रियाबाट ओलीमा मिर्गौला प्रत्यारोपण भएको हो ।
ओली अब दश दिन अस्पतालमा रहनुपर्ने चिकित्सकले बताएका छन् ।