दक्षिण कोरियामा कोरोना संक्रमण कम हुँदै

लोकखबर
३० फाल्गुन २०७६, शुक्रबार १५:१३

मकवानपुर ।‘दक्षिण कोरियामा नोभेल कोरोना भाइरसको संक्रमण कम हुँदै गएको बताइएको छ । दक्षिण कोरियामा बुधबार ११० जना मात्र नयाँ संक्रमित भेटिएको बताइएको छ । जुन फेब्रुअरी २२ देखिकै सबभन्दा कम संक्रमण हो ।

दक्षिण कोरियाको रोक नियन्त्रण र रोकथाम केन्द्रका अनुसार हालसम्म दक्षिण कोरियामा सात हजार ९७९ संक्रमित छन् । यहाँ मृत्यु हुनेको संख्या ६७ पुगेको छ ।

दक्षिण कोरियामा कोरोना प्रकोपबाट देगुसबभन्दा प्रभावित क्षेत्र हो । यहाँ पनि फेब्रुअरी २३ यताकै कम संक्रमित भेटिएको बताइएको छ । बुधबार देगुमा ६१ जना नयाँ संक्रमित भेटिएका थिए । मुलुकभरका संक्रमितमध्ये करिब ९० प्रतिशत देगु र ग्योङ्‍साङबाट भएको बताइएको छ ।

दक्षिण कोरियाका स्वास्थ्य मन्त्रीले कोरोना संक्रमितको संख्या कम हुनु भनेको कोरोना भाइरसको तीव्र संक्रमण कम हुँदै जानु भएको बताएका छन् । दक्षिण कोरियामा फेब्रुअरीमा सबैभन्दा बढी संक्रमित भएका थिए । जुनमध्ये अधिकांश त्यहाँको धार्मिक समूहसँग आबद्ध थिए । छोटो समयमै कोरोना नियन्त्रण गर्न प्रयासरत र संक्रमण कम गर्न सफल भएको मुलुकका रुपमा दक्षिण कोरियालाई लिइएको छ । बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*