आजको मौसम : मेघ गर्जन,चट्याङसहितको वर्षा

लोकखबर
२ चैत्र २०७६, आईतवार ०८:१५

मकवानपुर । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले नेपालमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ ।

महाशाखाका अनुसार हाल देशको पश्चिमी भू-भागमा सामान्य बदली रही देशको मध्य र पूर्वी भू-भागमा आंशिक बदली रहेको छ । महाशाखाले आइतबार (आज) बाट तीनका लागि जारी गरेको मौसम पूर्वानुमान विवरण अनुसार आज देशका पश्चिमी भू-भागमा सामान्य बदली रही बाँँकी भू-भागमा आंशिक बदली रहनेछ ।
पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ सहित वर्षाको सम्भावना छ ।

यस्तै, आज राती देशका पहाडी भू-भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । देशका पहाडी भू-भागहरूमा मेघगर्जन/चट्याङ सहितको वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*