काठमाण्डौमा ट्राफिक जाम कम गर्न विद्यालय समय परिवर्तनको प्रस्ताव

लोकखबर
३ चैत्र २०७६, सोमबार १२:२९

मकवानपुर ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उपत्यकाका निजी विद्यालयलाई बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन गर्न प्रस्ताव गरेको छ।

ट्राफिक जाम व्यवस्थापनका लागि विद्यालयको समय परिवर्तन गर्न प्रस्ताव गरिएको मन्त्रालयका सचिव महेशप्रसाद दाहालले जानकारी दिनुभयो।

अहिले सबैजसो निजी विद्यालय बिहान १० देखि दिउँसो ४ बजेसम्म सञ्चालन भैरहेका छन् ।

केही निजी विद्यालयले विद्यार्थीलाई टाढाटाढाबाट बसमा ल्याउने गरेकाले कार्यालय जाने र फर्कने समयमा ट्राफिक व्यवस्थापन गर्न कठिन हुने गरेको ट्राफिक प्रहरीको भनाइ छ ।उज्यालो अनलाईन डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*