१३ लाख अवैध भारतीय रुपैयाँसहित ३ जना पक्राउ

लोकखबर
५ चैत्र २०७६, बुधबार १३:१०

मकवानपुर । धनुषा र मकवानपुरमा गरी स्रोत नखुलेको (अवैध) भारतीय रुपैयाँ करिब १३ लाखसहित ३ जना पक्राउ परेका छन् ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ बाट मंगलबार प्रहरीले ९ लाख ९९ सय हजार भारतीय रुपैयाँसहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको बैरातपुर जिल्लाअन्तर्गत पैरोसव बस्ने ३१ वर्षीय विजय चौधरी र अर्का एक व्यक्ति छन् ।

इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको टोलीले लमहीबाट वीरगन्जतर्फ जाँदै गरेको भारतीय नम्बरप्लेट डब्लुबी–२३–ई–२३३३ को बोलेरो जाँच गर्ने क्रममा उनीहरुलाई स्रोत नखुलेको ९ लाख ९९ हजार भारुसहित पक्राउ गरेको हो ।

यस्तै, धनुषाको जनकपुर उपमहानगरपालिका–१२ जनकपुर विमानस्थलबाट भारतीय रुपैयाँ २ हजार दरको १ सय ५० थान नोट (३ लाख भारु बराबार)सहित १ जना फक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको मुजफरपुर घर भएका २० वर्षीय शिवम कुमार छन् । प्रहरीका अनुसार उनी जनकपुर विमानस्थलबाट विमान चढेर काठमाडौं जाने तयारीमा थिए ।

विमानस्थलमा चेकजाँच गर्ने क्रममा उनको साथमा स्रोत नखुलेको ३ लाख भारु फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।

खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*