पोखराको जंगलमा ‘ट्रान्सपार्टी’ गर्ने ६ विदेशीसहित ७ जना पक्राउ

लोकखबर
५ चैत्र २०७६, बुधबार १६:०८

मकवानपुर । कास्की प्रहरीले पोखरा महानगरपालिका–२३ चापाकोटस्थित एउटा कटेज नजिकको जंगलमा ‘ट्रान्सपार्टी’ गर्ने ६ जना विदेशी र १ जना नेपालीसहित ७ जनालाई पक्राउ गरेको छ ।

मंगलबार राति लागू औषध गाँजा सेवन गरी होहल्ला गर्ने विदेशीसहित नेपालीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

पक्राउ पर्ने विदेशीमा ४ जना नर्वेली, १ जना जर्मन, १ जना स्वीडेनका नागरिक छन् । यस्तै, पोखारा महानगरपालिका–२३ चापाकोटमा रहेको एउटा कटेजका सञ्चालकलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

कटेजका सञ्जालकसहित विदेशी नागरिकले लागू औषध सेवन गरी होहल्ला गरेपछि पक्राउ गरिएको हो ।

कटेजमा अन्य पर्यटकहरु समेत रहे पनि लागू औषध सेवन गर्नेलाई मात्र पक्राउ गरी हिरासतमा राखिएको कास्की प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका ७ जनाविरुद्ध नै लागू औषध नियन्त्रण ऐनअन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीको भनाइ छ ।खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*