मन्त्री बिरामी परेपछि संसदीय समितिको बैठक स्थगित

लोकखबर
५ चैत्र २०७६, बुधबार १६:१३

मकवानपुर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठी बिरामी भएपछि संघीय संसद ९प्रतिनिधि सभा०को राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठक स्थगित भएको छ ।

बुधबारको बैठकमा संघीय निजामति सेवाको गठन, सञ्चालन र सेवाको र्शत सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफलको कार्यसूची तोकिएको छ । बुधबारको बैठकमा उक्त विधेयकलाई टुंगोमा पु¥याउन बाँकी विषयहरुमाथि छलफल गर्ने भनिएको थियो ।

समितिको अघिल्लो बैठकमा मन्त्री त्रिपाठीले विधेयकका सम्बन्धमा थप समय माग गरेका थिए ।

तर, वैठक शुरु हुनुभन्दा १० मिनेट अगाडि मात्रै मन्त्री बिरामी परेको सूचना आफूलाई प्राप्त भएको समिति सभापति शशी श्रेष्ठले बैठकमा जानकारी दिइन् ।

विधेयकमाथि छलफल गर्ने बैठकमा सम्बन्धित मन्त्री नै उपस्थित नभएको भन्दै समितिको बैठक स्थगित गरिएको छ ।

खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*