विद्यार्थीबाट दुई हजार घुस लिँदै गर्दा प्रधानाध्यापक पक्राउ

लोकखबर
५ चैत्र २०७६, बुधबार १६:२५

मकवानपुर । प्रवेशपत्र दिने बहानामा विद्यार्थीसँग रकम असुल्ने प्रधानाध्यापकलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।

आयोगको क्षेत्रीय कार्यालय बर्दिवासले धनुषाको मिथिला नगरपालिका – २ नकटाझिँटमा रहेको जनता माध्यमिक विद्यालय प्रधानाध्यापक महेन्द्र महतोलाई विद्यालयबाटै २ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

एसईई परीक्षा २०७६ को फारम नभरेको भन्दै परीक्षार्थीसँग घुस लिइरहेको अवस्थामा प्रधानाध्यापक पक्राउ परेका हुन् । घटनास्थलमै मुचुल्का तयार पारेर महतोलाई नियन्त्रणमा लिइएको आयोगले जनाएको छ ।

भ्रष्टाचार निवारण ऐनअनुसार उनीमाथि विशेष अदालतमा मुद्दा दायर गर्ने तयारी गरिएको अख्तियारको बर्दिवास कार्यालयले जनाएको छ । महतोले परीक्षा फारम भर्न छुटेका विद्यार्थीले ५÷७ हजार रुपैयाँ खर्च गरे प्रवेशपत्र उपलब्ध गराइदिने बताएका थिए ।

त्यसपछि विद्यार्थीहरुले आफूहरुले त्यति रकम तिर्न नसक्ने भनेपछि प्रअ महतोले दुई हजार रुपैयाँ माग गरेका थिए ।उज्यालो अनलाईन डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*