सुनको भाउ १५ सय रुपैयाँले घट्यो

लोकखबर
६ चैत्र २०७६, बिहीबार १६:३९

मकवानपुर ।सुनको भाउ बिहीबार तोलामा १५ सय रुपैयाँले घटेको छ ।

सुनको भाउ १५ सय रुपैयाँले घटेर बिहीबार तोलाको ७५ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुन बुधबार तोलामा एक हजार रुपैयाँ बढेर ७६ हजार पाँच सय रुपैयाँ पुगेको थियो ।

यस्तै चाँदी आज तोलामा ३० रुपैयाँ घटेर तोलाको ६ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*