निर्भया बलात्कार काण्डका चारै जना दोषीलाई मृत्युदण्ड दिइयो

लोकखबर
७ चैत्र २०७६, शुक्रबार ११:१८

मकवानपुर ।सन् २०१२ मा भएको निर्भया सामूहिक बलात्कार काण्डका चारै जना दोषीलाई शुक्रबार बिहान भारतले मृत्युदण्ड दिएको छ । निर्भया बलात्कार काण्डका दोषीहरु मुकेश सिंह, विनय शर्मा, पवन गुप्ता र अक्षय ठाकुरलाई झुण्ड्याएर मृत्युदण्ड दिइएको हो ।

दोषीहरुलाई मृत्युदण्ड दिइसकेपछि निर्भयाकी आमाले यो न्यायको जित भएको प्रतिक्रिया दिएकी छिन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार चारै जना दोषीलाई दिल्लीको तिहाड जेलमा बिहान साढे ५ बजे मृत्युदण्ड दिइएको हो ।

जेलका अधिकारीले समाचार एजेन्सी पीटीआईलाई भने, ‘चारै जनालाई एकैसाथ मृत्युदण्ड दिइयो ।’

दोषीहरुले मृत्युदण्ड पाइसकेपछि निर्भयाका बुवाले भने, ‘देशमा महिलाहरुका लागि यस्तो कानुन बनोस् कि जसमा मानिसहरुले लामो समयसम्म पर्खन नपरोस् ।’

सात वर्षसम्म चलेको लामो कानुनी लडाइपछि दोषीहरुलाई सजाय दिइएको हो । यसअघि पटक पटक मृत्युदण्डको मिति सारिँदै आएको थियो ।

घटना के थियो ?

सन् २०१२ डिसेम्बर १६ को रातको समयमा दिल्लीमा २३ वर्षीया एक मेडिकल छात्रालाई गुडिरहेको बसमा ६ जनाले सामूहिक बलत्कार गरेका थिए ।

चार जना दोषीको अलावा एक प्रमुख आरोपी राम सिंहले ट्रायको दौरान तिहाज जेलमा आत्महत्या गरेका थिए ।

एक जना अपराधी, जो घटना हँदाको समयमा नाबालिग साबित भएका थिए, उनलाई सुधारगृह पठाइएको थियो । सन् २०१५ मा उनलाई सुधारगृहबाट रिहा गरिएको थियो । उनको नाम खुलाउन सकिँदैन । उनलाई सन् २०१३ अगस्ट महिनामा सुधारगृहमा तीन वर्ष बिताउने सजाय सुनाइएको थियो ।

अहिले उनी वयस्क भइसकेका छन् तर नियमका अनुसार उनको सजाय पूरा भइसकेको छ । अहिले उनी एउटा सहयोगी संस्थामा आबद्ध छन् किनकि बाहिर उनको सुरक्षा चिन्ताको विषय बनेको छ ।उज्याालो अनलाईन डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*