कोरोना त्रास–श्रीलङ्कामा कर्फ्यू आदेश जारी

लोकखबर
७ चैत्र २०७६, शुक्रबार १३:३१

मकवानपुर ।कोरोना त्रासकाबीच श्रीलङ्कामा शुक्रबार बेलुका ६ बजेदेखि आउँदो सोमबार बिहान ६ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको छ ।

आगामी वैशाख १३ गते तय भएको संसदीय चुनाव स्थगित गरिएको भोलिपल्ट सरकारले कर्फ्यू लगाउन आदेश जारी गरेको हो ।

यसअघि राष्ट्रपति गोताबाया राजपक्षले चुनाव सार्नुको पछाडि कुनै कारण नभए पनि कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलिने डरले चुनाव सारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

पछिल्ला केही दिनमा श्रीलङ्कामा कोरोना भाइरसको सङ्क्रमणको दरमा वृद्धि देखिएको छ ।

श्रीलंकामा ६० जनामा कोरोना संक्रमण भएकोमा ३ जना उपचारपछि निको भएका र अहिले ५७ जना उपचाररात रहेका समाचारहरुमा जनाइएको छ ।खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*