कोरोनाको संक्रमण देखिएका टम ह्याङ्क्सको स्वास्थ्यमा आएन सुधार

लोकखबर
७ चैत्र २०७६, शुक्रबार १३:४५

मकवानपुर ।केही समययता हलिउड कलाकार टम ह्याङ्क्स कोरोना भाइरसको संक्रमणमा परेका छन् । उनका फ्यानले स्वास्थ्यलाभको कामना गरिरहेका छन् ।

टमको स्वास्थ्यमा भने खासै सुधार देखिएको छैन ।

टम कोरोनाको संक्रमणमा परेको पत्नी रीटा विल्सनले एक महिनापहिले बताएकी थिइन् । डेली मेलका अनुसार टमकी बहिनीले स्वास्थ्यबारे जानकारी दिएकी छिन् । उनका अनुसार पूर्ण ठीक नभए पनि टमको अवस्था सामान्य छ ।

टम र रीटा केही दिन आइसोलेशनमा बसेर हस्पिटलबाट डिस्चार्ज भएका थिए । उनीहरूले अस्ट्रेलियामा घर भाडामा लिएर बसेका थिए ।

यता बहिनी इटलीमा लकडाउन छिन् । बहिनीले टमको उपचार गर्ने डाक्टरको टिमलाई तारिफ गरेकी छिन् ।खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*