अन्तराष्ट्रिय

अमेरिका बन्यो कोरोना भाइरसको अर्को ठूलो केन्द्र

लोकखबर
१५ चैत्र २०७६, शनिबार ०८:११

मकवानपुर । चीनबाट सुरु भएको कोरोना भाइरस (कोभिड नाइन्टिन) ले अमेरिकालाई पछिल्लो समय तनाव दिएको छ ।

विश्वकै सबैभन्दा शक्तिशाली मुलुक अमेरिका कोरोना भाइरसको सबैभन्दा ठूलो केन्द्र बनेको हो । अमेरिकामा कोरोना संक्रमितको संख्या एक लाख नाघेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा कोरोना भाइरसका १८ हजार ६ सय ९१ जना नयाँ संक्रमित भएको समाचारहरुमा जनाइएकोछ । रिर्पोटहरुमा उल्लेख भए अनुसार अमेरिकामा एकै दिन ४ सय जनाको ज्यान गएको छ । समाचार तयार पार्दासम्म अमेरिकामा कोरोना संक्रमितको संख्या १ लाख ४ हजार १२६ पुगेको छ भने मृत्यु हुनेको संख्या १६ सय ९५ पुगेको छ । अमेरिकामा कोरोना भाइरसका संक्रमितको संख्या सबैभन्दा प्रभावित मुलुक चीन र इटाली भन्दा बढी हो । कोरोना भाइरसको उद्गम स्थल मानिने चीनमा ८१ हजार ३ सय ९४ जना संक्रमित भएका छन् भने इटलीमा ८६ हजार ४ सय ९८ जनामा संक्रमण पुष्टी भएको छ ।

यसैबिच, कोरोना भाइरस (कोभिड १९) को कारण अस्तव्यस्त बनेको अर्थतन्त्र सुधारका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी इतिहासकै सबैभन्दा ठूलो आर्थिक राहत प्याकेजमा हस्ताक्षर गरेकाछन् । ट्रम्पले १ दशमलव ७ ट्रिलियन डलरको राहत प्याकेज घोषणा गरेको बीबीसीले जनाएको छ ।

यसैबीच, विश्व स्वास्थ्य संगठनका अनुसार अहिलेसम्म विश्वका २ सय २ देशमा ५ लाख १२ हजार ७ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने झण्डै साढे २३ हजार ४ सय ९५ जनाको ज्यान गएको छ । तीमध्ये १ लाख ३२ हजार ५ सय २६ जना उपचारपछि निको भएका छन् भने ४ लाख ३४ हजार ४ सय ७ जनाको उपचार चलिरहेको छ । २७ हजार २ सय २२ जनाको ज्यान गएको छ ।

अमेरिकामा मात्रै एक लाख भन्दा धेरै मानिस संक्रमित भएका छन् । गएको २४ घण्टामा झण्डै १७ हजार नयाँ संक्रमित भेटिएपछि अमेरिकामा संक्रमितको संख्या १ लाख २ हजार ३ सय २१ जना पुगेको हो । अमेरिकामा मात्रै १ हजार ५ सय ९१ जनाको ज्यान गएको छ ।
सबैभन्दा धेरै इटालीमा ९ हजार १ सय ३४ जनाको ज्यान गएको छ ।

यसैबीच,बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन र स्वास्थ्यमन्त्री ह्याट ह्यानकक पनि कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*