धर्मराज-सलिना दम्पतिद्वारा दश घर परिवारलाई खाद्यान्न सहयोग

लोकखबर
१७ चैत्र २०७६, सोमबार ०७:३२

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८, कमाने निवासी धर्मराज पुडासैनी र सलिना ढुंगेल दम्पतिले दश घर परिवारलाई खाद्यान्न सहयोग गरेका छन् ।
विश्वव्यापी रुपमा फैलिरहेको कोभिड १९ माहामारीका कारण लक डाउन गरिएपछि दैनिक ज्याला मजदुरी गरी परिवार पाल्दै आएकाहरुलाई दम्पतिले सहयोग गरेका हुन् । लक डाउनको अवधिमा काम नपाई विहान–बेलुकाको छाक टार्नै समस्या देखिएपछि ८ नम्बर वडाको युनिक चोक, किरन चोक फारलाएनका अति विपन्न परिवारलाई दाल, चामल,मस्यौरा, नुन, तेल, साबुन लगायतका सामाग्री सहयोग गरिएको सलिना ढुंगेलले बताइन् ।
आवश्यक खाद्यान्नका साथै कोरोना भाइरसका बारेमा जानकारी गराउँदै साबुन पानीलले हात धुने उपायबारे पनि जानकारी दम्पतिले सिकाएका छन् ।
उनीहरुले कोभिड १९ का बेलामा नआत्तिन, भीडभाडमा नजान, आत्म विश्वास बलियो बनाएर लक डाउन अवधिभर घरमै बस्न पनि सल्लाह दिएका छन् ।
कोरोना भाइरसले विश्वव्यापी रुपमा माहामारी ल्याएपछि त्यसबाट अति विपन्न अवस्थामा रहेका परिवारलाई विहान बेलुकाको छक टार्नै समस्या हुने देखेपछि धर्मराज–सलिनाले ८ नम्बर वडाभित्र आवश्यक खाद्यान्न सहयोग गर्न जुटेका हुन् ।
सामाजिक सन्जालमार्फत सहयोग गर्न आफूहरु तयार रहेको घोषणा गरेका दम्पति अहिले आवश्यक सहयोगको कार्यमा खटिरहेका छन् ।
सरकारले लक डाउन गरेपछि विशेषरी दैनिक ज्याला मजदुरीको भरमा परिवार चलाउँदै आएका परिवार समस्यामा परेका छन् । यस्तो बेलामा आफूले सकेको सहयोग गर्नु मानव धर्म पनि भएकाले आफूहरु सामाजिक कार्यमा सरिक भएको धर्मराज–सलिना दम्पतिको भनाई छ ।

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*