प्रहरी दरबन्दी समस्या
प्रहरीमा डिआइजीको दरबन्दीमा आधा कटौती

मकवानपुर । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले नेपाल प्रहरीको जनपदतर्फ नायब महानिरिक्षक (डीआईजी) को दरबन्दी आधा घटाएको छ ।
प्रहरीमा प्राविधिक बाहेक २६ जना डिआइजीको व्यवस्था रहेकोमा बैठकले १३ जनामा झारेको हो ।
प्रदेशको नेतृत्व डीआईजीले गर्ने भएपछि सरकार दरबन्दी घटाउने कसरतमा लागेको थियो । यहि कारण वरिष्ठ उपरिक्षक(एसएसपी) हरुको बढुवा रोकिएको थियो। अब जनपदतर्फ ९ डीआईजी दरबन्दी रिक्त रहेको छ ।
प्रदेश प्रहरी कार्यालयमा ७, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज, महानगरीय प्रहरी कार्यालय रानीपोखरी, केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी), विशेष ब्यूरो, लागुऔषध नियन्त्रण ब्यूरो र प्रहरी महानिरीक्षकको सचिवालयमा एक एक गरि १३ डीआईजीको दरबन्दी तय गरिएको स्रोतले जनाएको छ ।