राहत लिएर अति विपन्नमाझ पुगे अध्यक्ष अधिकारी
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ८ का कार्यबाहक अध्यक्ष नवराज अधिकारी राहत लिएर अति विपन्न माझ पुगेका छन् ।
विश्वव्यापी माहामारीको रुप लिइरहेको कोरोना भाइरस (कोभिड १९) को जोखिम नियन्त्रणका लागि गरिएको लक डाउनका कारण दैनिक गुजारा गर्न समस्या परेका परिवारमाझ पुगेर अधिकारीले राहत हस्तान्तरण गरेका हुन् ।
लक डाउनका कारण दैनिक गुजारा चलाउन समस्या परेकाहरुको तथ्यांक लिन अधिकारी केही दिन अघि वडाका विभिन्न ठाउँमा पुगेका थिए । वडामा पहिचान भएका वास्तविक विपन्न परिवारका लागि राहत वितरण कार्यमा उनी अहिले लागेका हुन् ।
भीमफेदी गाउपालिका विपद व्यवस्थापन कोषबाट छुट्याइको राहत वडाका अति विपन्न, एकल महिला वृद्द, वृद्दा, अपांगता भएका परिवारलाई वितरण गरिएका वडा अध्यक्ष अधिकारीले बताए ।
वडाका सबै राजनीतिक दल, जनप्रतिनिधी, अगुवा सहितकोे टोलीले वडामा रहेका जम्मा घर धुरी मध्ये तीस घर परिवार अति विपन्नको सूचीमा परेकोले उनीहरुलाई तीस किलो चामल, तीन किलो दाल, दुई किलो चिनी, दुई किलो नुन, दुई लिटर तेल र चार वटा सावुन वितरण गरिएको अधिकारीले जानकारी दिए ।
राहात वितरण कार्यक्रममा वडा सचिव कृष्ण बस्नेत, कृषि प्राविधिक सानुकान्छा घिसीङको उपस्थिती थियो ।