मलेसियामा जोखिम कम नभएपछि लक डाउन दुई साता थपियो

लोकखबर
३० चैत्र २०७६, आईतवार ०७:३५

मकवानपुर । मलेसियामा कोरोना भाइरस संक्रमणको जोखिम कम नभएपछि लकडाउनलाई दुई साता लम्बाइएको छ । मलेसियाका प्रधानमन्त्री मुहिद्धिन यासिनले राष्ट्रिय टेलिभिजनबाट सम्बोधन गर्दै लकडाउनका लागि जारी गरिएको आवाज जावत नियन्त्रण निर्देशन आगामी अप्रिल २८ तारिखसम्म लागु हुने घोषणा गरेका हुन् ।

उनले स्वास्थ्य मन्त्रालय र विज्ञहरुको सुझावका आधारमा आवाज जावत नियन्त्रण गर्ने व्यवस्थालाई लम्ब्याइएको बताएका छन्।

कोरोना भाइरसको संक्रमण थप फैलिन नदिनका लागि आवत जावत नियन्त्रण अत्यावश्यक र अनिवार्य भएकाले यसलाई निरन्तरता दिनुपर्ने भएको उनको भनाई छ।

कोरोना भाइरसको संक्रमण नियन्त्रण नहुँदासम्म यस्तो व्यवस्था लामो समयसम्म पनि जानसक्ने उनले बताएका छन् ।

मलेसियामा लकडाउनका लागि आवाज जावत नियन्त्रण निर्देशन लागु गरिएको शनिबार २५ दिन भइसकेको छ।

गत मार्च १८ देखि नै मलेसियामा लकडाउन सुरु गरिएको थियो। त्यतिबेला घोषणा गरिएको लकडाउन यही अप्रिल १४ मा सकिने छ ।

आइतबार बिहान ७ बजेसम्म मलेसियामा कोरोना भाइरसका कारण चार हजार ५३० जना संक्रमित भएका छन् भने ७३ जनाको मृत्यु भइसकेको छ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*