भीमफेदीमा दोस्रो चरणको राहत वितरण सुरु
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाको विपद व्यवस्थापन कोष मार्फत गाउँपालिका नौ वटै वडामा दोस्रो चरणको राहात वितरण कार्य सुरु गरिएको छ । कोरोना भाइरस ( कोभिड १९) बाट बच्नको लागि सरकारले घोषणा गरेको लकडाउनको कारण घरमा बस्नु परेकोले बिहान बेलुकाको छाक टार्न समस्या परेको अति विपन्न वृद्द, एकल महिला अपांगता भएको व्यक्ति एकल वृद्द, महिला लागायत सरकारले गरेको लकडाउनको कारण घरमा चुलो नै नबल्ने अवस्थाको लागि भीमफेदी गाउपालिका भरी नौ सय तिरासी (९८३) घर परिवारको लागि दोस्रो चरणको राहात वितरण गर्न लागियको भीमफेदी गाउपालिकाको अध्यक्ष हिदम लामाले बताए ।
भीमफेदी गाउपालिकाको विपद व्यवस्थापन कोष मार्फत वितरण गरिने राहात प्याकेजमा ३० किलो चामल दुई किलो दाल दुई किलो चिनी दुई किलो नुन दुई लिटर तेल र चारवटा साबुन बितरण गरिने अध्यक्ष लामाले बताए । ‘गाउँपालिका भरिका अति विपन्न दुई सय दस घरपरिवार को डाटा सङ्कलन गरी पहिलो चरणको राहात वितरण गरिसकेको थियौ । फेरि लकडाउनको समय थपिदै गएपछि पुन: नयाँ डाटा संकलन गरी भीमफेदी गाउपालिकाको नौ वटै वडाको जम्म नौ सय तिरासी (९८३) घर परिवार लाई दोस्रो चरण को राहात वितरण गर्न लागेका छौं । ’ अध्यक्ष लामाले बताए ।
भीमफेदी गाउपालिकाको सबै स्थानीय जनप्रतिनिधि विपद व्यवस्थापन कोषको भीमफेदी गाउपालिकामा भएका सबै राजनितिक पाटीका साथीहरु स्थानीय अगुवा लगायत सहभागितामा गाउपालिकाको नौ वटै वडाको अति विपन्न परिवारको तथ्यांक निकालेर राहत वितरण सुरु गरिएको लामाले बताए । लामाले भने,‘हामीले पहिले देखि नै भनी रहेका छौ हामीले अरु स्थानीय निकय भन्दा फरक ढङ्गले राहात वितरण गरिरहेका छौ अहिले पनि हामी त्यही अनुसार राज्यले दिएको नीतिलाई मेन आधार मानेर गाउपालिकाको नौ वटै वडाको बिपन्न्ता परिवारको डाटा तयार पारी नौ सय तिरासी (९८३) घर परिवार लाई दोस्रो चरणको राहात बितरण गरिरहेको छौं ।’ अध्यक्ष लामाले बताए ।