भीमफेदी गाउँपालिकाको निर्माणाधीन भवन अनुगमन

लोकखबर
२० जेष्ठ २०७७, मंगलवार ०९:०७

मकवानपुर । मकवानपुरको भीमफेदी गाउपालिकामा निर्माणाधीन गाउपालिकाको प्रशासकीय भवनको गाउपालिकाले अनुगमन गरेको छ ।

लकडाउनको समयमा पनि निर्माण भइरहेको भवनको अनुगमन तथा अवलोकन गर्न गाउपालिकाका उपाध्यक्ष पार्वती राना, प्रमुख प्रशासकीय अधिकृत जीवन कुवर, योजना अधिकृत बद्री सापकोटा,इन्जिनियर नवीन यादव लगायतले अनुगमन गरेका हुन् ।

चार करोड १२ लाख रुपैयाको लागतमा निर्माण हुने भबन साँढे तीन तला र ४१ कोठाको हुने प्रसासकिय अधिकृत कुवरले जानकारी दिए ।

आर एन्ड सी रनेचुरल जेभी कम्पनी मार्फत निर्माण भैरहेको भबन्को सम्झौता अनुसार यही असार १३ गते सम्ममा सम्पन्न गरिसक्नु पर्नेमा देशमा कोरोना भाइरसबाट बच्नको लागि गरिएका लकडाउन र अन्य विभिन्न प्राविधिक समस्याको कारण निर्माण सम्पन्न गर्न केही समय लाग्ने कम्पनिका म्यानेजर ध्रवु उप्रेतीले बताए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*