लक डाउनको मोडल परिवर्तन गर्न नीजिक्षेत्रको सुझाव

मकवानपुर । लक डाउनको मोडल कस्तो बनाउन भन्नेमा कोभिड १९ सम्बन्धि उच्चस्तरिय समन्वय समितिले छलफल थालेको छ ।
समितिले मंगलबार निजी क्षेत्रका सरोकारवालासंग छलफल गरेको थियो । नीजि क्षेत्रले लकडाउनको मोडल परिवर्तन गरी लक डाउन खुकुलो बनाउन समितिलाई सुझाव दिएका छन् ।
उनीहरुले अहिलेकै मोडलको लक डाउन अब आफूहरुलाई मान्य नहुने चेतावनी पनि दिए । अहिलेको लक डाउनको मोडलबाट आर्थिक क्षेत्र धरासायी हुन भएको तथा यसमा निर्भर मजदुरहरु भोकमरीमा पर्न थालेको नीजि क्षेत्रका सरोकारवालाले बताएका छन् ।
नीजि क्षेत्रको छलफलमा समितिका संयोजक रहेका उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङको उपस्थिती थियो ।
छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्श, नेपाल उद्योग परिसंघ, नेपाल निर्माण व्यवसायी महासंघ लगायतका प्रतिनिधिले लक डाउनको मोडल परिवर्तन गर्न सुझाव दिएका छन् ।