कोरोना संक्रमित दुई हजार ९९ पुगे

मकवानपुर । नेपालमा मंगलबार साँझसम्म कोरोना संक्रमितको संख्या २ हजार ९९ पुगेको छ ।
मंगलबार थप २८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देखिएका संक्रमितमध्ये २ सय ७० जना पुरुष र १८ जना महिला छन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अहिलेसम्म कोभिड १९ पुष्टि भएका व्यक्तिको संख्या २ हजार ९९ पुगेको जानकारी दिए ।