माहामारीका कारण यात्रा रोकेर फर्कियो टोली

लोकखबर
२४ जेष्ठ २०७७, शनिबार ०९:०७

मकवानपुर । विश्व साइकल यात्रामा निस्किएका मकवानपुर हेटौंडाका विक्रम भारतीय सहितको टोली नेपाल फर्किएको छ ।
कोरोना भाइरस ( कोभिड १९ ) का कारण म्यानमारमा रहेका भारती लगायतको टोली नेपाल आएको हो ।
टोली हेटौंडाबाट फागुन ७ गते हेटौंडाबाट विश्व साइकलयात्रामा निस्किएको थियो । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउँन नेपाललाई विश्वमा चिनाउने सोच लिएर यात्रामा निस्किएको टोली कोरोना माहामारीका कारण म्यानमारमा रोकिनु परेको थियो ।
शुक्रबार नेपाल सरकारले उद्दार गरी भारती, उनीसँगै यात्रामा रहेका चितवन गैंडाकोटका विमल गिरी र कैलालीका छत्र रावललाई नेपाल ल्याएको हो । सरकारले विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई उद्दार गर्ने निर्णय गरेपछि म्यानमारमा रहेका उनीहरु अन्य देशमा रहेका भन्दा पहिले स्वदेश फर्किन पाएका हुन् ।
उनीहरुसंगै नेपाल आएको टोलीमा म्यानमारमा रहेका नेपाली विद्यार्थी, पर्यटक तथा व्यबसायी छन् । भारतीको टोली ४ हजार १ सय किलोमिटर दुरी पूरा गरी म्यानमार पुगेको थियो । म्यानमार पुगेपछि कोरोना महामारीका कारण उनीहरु म्यानमारको रंगुनमा थिए ।
झण्डै १० महिनामा १३ राष्ट्र घुमिसक्ने लक्ष्यसहित हेटौंडाबाट सुरु भएको यात्रा हाल रोकिएपनि माहामारी सक्रिएपछि पुन ः विश्वयात्रामा निस्कने भारतीले बताए ।
उनीहरुले पहिलो चरणमा हेटौंडाबाट भारत हुँदै, बंगलादेश, म्यानमार, लाओस, थाइल्याण्ड, मलेसिया, सिंगापुर, इन्डोनेसिया, टिमोर लेस्टे, जापान र कोरिया यात्रा गर्ने लक्ष्य बनाएका थिए ।
नेपाल आइपुगेका भारती हिजो बेलुका नै हेटौंडा आइपुगेका छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*